Dabali News

लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा

२९ पुस

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तालिकामा ७ अंकको अग्रता बनाएको छ ।

गए राति १३ औं स्थानको ब्राइटनविरुद्ध १-० को जित निकाल्दै लिभरपुलले तालिकमा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ७ पुराएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले एक मात्र निर्णायक गोल दोस्रो हाफमा गरेको थियो । मोहमद सलाहले ५० औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।

पेनाल्टी एरियामा मिडफिल्डर पस्कल ग्रसले सलाहलाई फर गरेपछि लिभरपुलले पेनाल्टी पाएको हो । थप गोल हुन नसकेपछि लिभर पुल विजयी भएको हो ।

गए रातिनै भएको अर्को खेलमा १५ औं स्थानको बर्नलेले रेलिगेशन जोनको फुलह्याममाथि २-१ गोलको जित निकालेको थियो । फुलह्यामले पहिलो हाफको दोस्रो मिनेटमै अग्रता लिए पनि जोगाउन भने सकेन ।

फुलह्यामका लागि एन्ड्यू स्योरलेले गोल गरेका थिए । बर्नलेले दुई गोल नै उपहार पाएको थियो । २० औं मिनेटमा जोय ब्रोएनले आत्माघाति गोल गरेपछि बर्नलेले खेल बराबरीमा ल्याएको थियो ।

त्यसको ३ मिनेट पछि फुलह्यामका डेनिस ओडवेले अर्को आत्माघाति गोल गरेपछि बर्नले २–१ को अग्रता बनायो । त्यसपछि बाँकी समयमा गोल नभएपछि त्यही आत्मघाति गोलको मद्दतले बर्नले विजयी हुन सफल भयो ।

उता कार्डिफ र हडल्सफिल्ड गोलरहित बराबरीमा रोकिँदा वाटफोर्डले क्रिष्टलमाथि २-१ को जित निकालेको छ । साउथ ह्याम्पटनले लेस्टर सिटिमाथि पनि २-१ को जित निकाल्न सफल भएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]