Dabali News

भूमाफियालाई जनकारवाही गर्ने सुकुम्बासी संघको निर्णय, फागुन १३ बाट संघर्षको घोषणा

१० फागुन

काठमडौँ । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले भूमाफियाहरुलाई जनकारवाही गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निटक संघको हालै सम्पन्न केन्द्रीय समिति बैठकले तीन महिने एकीकृत जनजागरण अभियान चलाउने भएको छ ।

अभियानको क्रममा सुकुम्बासी समस्या सधानको उपायबारे छलफल, अन्तरक्रियासँगै लालपुर्जा प्राप्तिलगायत जीवन यापनसँग जोडिएका मुद्दामा संघर्ष गर्ने बताइएको छ ।

“बैठकले पार्टीको तीन महिने एकीकृत जनजागरण अभियान सँगसँगै सुकुम्बासी जागरण अभियान पनि संचालन गर्ने, सुकुम्बासी समस्या सम्बन्धि व्यापक अन्तरक्रिया, छलफल, गोष्टिहरु गर्ने, भूमाफियाहरुलाई जनकारबाही गर्ने, लालपुर्जा प्राप्ति र अन्य सेवा सुबिधा लागि संघर्ष गर्ने निर्णय गरेको छ” बैठकपछि अध्यक्ष ओमप्रकाश पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राज्यले सुकुम्बासी विरोधी हर्कत गरेको भन्दै डटेर संघर्ष गर्ने निर्णय गरेको अध्यक्ष पुनले जानकारी दिए । त्यसको लागि सम्पूर्ण भूमिहीन सुकुम्बासीलाई बैठकले अपील गरेको छ ।

कैलालीमा दुई दिनसम्म चलेको बैठकले यही फागुन १३ गतेबाट देशव्यापी संघर्षको घोषणा गरेको छ । कैलाली, सर्लाही, बारा, बर्दिया, बाँके, सुनसरी, महोत्तरी, पोखरा, कञ्चनपुर, रुपन्देही, नवलपरासी, चितवनसहित काठमाडौँ उपत्यकामा बसोबास गरेका सुकुम्बासीको उठिबास लगाएर दलालहरुले जमिन बेच्न लागेको भन्दै उक्त संघर्षको घोषणा गरिएको हो पुनले बताए ।

“कैलालीको हरैयालगायत जिल्लाका विभिन्न ठाउँमा दलालहरुले सुकुम्बासी बसेका जमिन बेचेर घरबारविहीन बनाउने कार्यका बिरुद्ध संघर्ष गर्ने, सर्लाहीको सागरनाथ परियोजनाले उठाएको बस्ती फिर्ता गर्ने संघर्ष गर्ने, बाराको टाँगिया बस्तीको उचित पुनस्र्थापनाको लागि संघर्ष गर्ने, बर्दिया, बाँके, झापा, सुनसरी, महोत्तरि, पोखरा, कंचनपुर, रुपन्देही, नवलपरासी, चितवन, उपत्यकालगायतका ठाउँमा सुकुम्बासीमाथि भएको ज्यादतिविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । त्यसको लागि यहि फागुन १३ गते देखि देशब्यापी संघर्षका कार्यक्रम अगाडि बढाईने छ” विज्ञप्तिमा उल्लेख छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]