Dabali News

राष्ट्रपति चुनावा ट्रम्पसँग तुलसी भिड्ने, हिन्दू सांसदको पहिलो पटक उम्दवारी

२९ पुस

काठमाडौं । अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् । उनले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् । अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसदले राष्ट्रपतिमा उम्मेदवारी दिन लागेका हुन ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिय चुनावमा बर्नी सैंडर्सको समर्थनमा जुटेकी गवार्ड डेमोक्रेटिक नेशनल पार्टीका उपाध्यक्ष रहेकोमा सैंडर्सको समर्थनपछी पदबाट राजीनामा दिएकी थिइन् ।

सन् १९८१ मा अमेरिकाको समोआमा जन्मेकी ३७ बर्षीया गवार्ड अमेरिकी हवाई सेनामा नेशनल गार्डको रुपमा रही इराक युद्धमा समेत सामेल भएकी थिइन भने २०१५ मा अमेरिकी सेनाको मेजर समेत रहेकी थिइन ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाललाई तुलसीले चुनौती दिने भएकी छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]