Dabali News

नेकपाद्वारा कोशीपारी हजारौं रोपनी जग्गा कब्जा, यस्तो छ कारण

९ फागुन

बनेपा । नेपाल कम्युनिस्ट पार्टीले हजारौं रोपनी जग्गा कब्जा गरेको छ ।

भुम्लु गाउँपालिका ६ मा पर्ने आपगाउँ बेसीमाझी बस्तिमा रहेको हजारौं रोपनी जग्गा तामासालिङ स्वायत्तले कब्जा गरेको हो । मानव बस्तीलाई जोखिम बढ्ने गरी सरकारकै मिलेमतोमा भूमाफियाहरुले उक्त जग्गा नियन्त्रणमा लिएर अवैध रुपमा नदी नालामा रहेका गिटी बालुवा उत्खनन् गर्न थालेपछि उक्त जग्गा तामासालिङ जनपरिषद् कब्जा गरेको छ ।

स्थानीलाई थर्काएर तस्कर र माफियाहरुले नदी नाला अतिक्रमण तीब्र पारेको भन्दै जनपरिषद् प्रमुख मणि लामाको नेतृत्वमा गएको टोलीले झण्डा गाँडेर बुधबार जग्गा कब्जा गरेको हो ।

सार्वजनिक जग्गा स्थानीय गोपाल सेढाईले नीजि करसर उद्योग संचालन गर्न लागेकोले आफूलाई प्राकृति सम्पदाको दोहन रोक्न जग्गा नियन्त्रण्मा लिएको लामाले बताए । काभ्रे–काठमाडौं जनगणतान्त्रीक सम्पर्क मञ्च र लोकबहादुर माझिसहित स्थानीय कब्जाको अगुवाई गरेका थिए ।

  • फोटोः नकुल चौलागाईं काभ्रे, कोशिपारी गोठपानी
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]