Dabali News

विश्वको महङ्गो फोन ५६ करोड मृल्य

२८ पुस

काठमाडौं । प्रविधिले मानिसको जीवनमा सहज बनाउँदै आएको छ ।

यसमध्ये मानिसका लागि फोन अनिवार्य बनेको छ । अहिले बजारमा नयाँ र महङ्गो फोन उत्पादनमा प्रतिस्पर्धा तिब्र छ ।

यस क्रममा एउटै फोनको मूल्य ५६ करोड रुपैयाँ पर्छ भन्दा दुनियाँ चकित हुन्छन् । तर, विश्वमा लाखौँ होइन करोडौँको मूल्य पर्ने फोन निर्माण भएका छन् । अहिले विश्वमा भएका ४ महङ्गो फोन यस्ता छन् ।

विश्व चर्चित कम्पनी आइफोनले निर्माण गरेको फोन विश्वकै सबैभन्दा महङ्गो फोन मानिन्छ । यस फोनको मूल्य ५६ करोड रहेको थियो । यो फोन निर्माण गर्दा ५ सय हिरा प्रयोग गरिएको थियो ।

यस फोनमा ३२ जिबी मेमोरी रहेको थियो । चर्चित कम्पनी आइफोनले तयार पारेको सुन जडित फोनको मूल्य २१ करोड रुपैयाँ राखिएको थियो । यो फोन स्टुअर्ट ह्यूजले डिजाइन गरेका थिए ।

यो फोन बनाउन सुन र केही मात्रामा हिराको प्रयोग गरिएको थियो । ३२ जिबीको मेमोरी कार्ड भएको यो फोन सन् २००९ मा बजारमा आएको थियो । विश्वमा निर्माण भएको महङ्गो फोनमा क्रिप्टो फोन तेस्रो स्थानमा रहेको छ । यो फोनको मूल्य करिब ९ करोड तोकिएको थियो । यस फोनमा केही मात्रामा हिरा र सुनको प्रयोग गरिएको थियो ।

यो फोन विन्डो सिई अपरेटिङ्ग सिस्टममा निर्माण गरिएको थियो । फोनमा मोटोरोला एमएक्सटुवान प्रोसेसर राखिएको थियो । २.२ इन्च डिस्प्ले भएको यो फोनमा ६४ एमबी इन्टनल स्टोरेज रहेको थियो । यो फोन विश्वकै सुरक्षित फोन मानिन्थ्यो ।

विश्वमा महङ्गो रहेका फोनहरुमा भिआइपिएन कालो हिरा चौथोँ स्थानमा रहेको छ । यो फोन निर्माण गर्दा हिराको प्रयोग गरिएको थियो । यो फोनको मूल्य २.०७ करोड रहेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]