Dabali News

टि-२० क्रिकेटमा नेपालको विजयी सुरूवात, चीन १० विकेटले पराजित

२८ पुस

काठमाडौं । थाइल्याण्डमा जारी महिला टि-२० स्मास क्रिकेटमा चीनलाई १० विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टोलीले सानदार विजयी सुरुवात गरेको छ ।

शनिबार बिहान थाइल्याण्डको बैंककमा चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८.४ ओभरमा कुनै विकेट नगुमाइ पुरा गरेको छ ।

नेपालको सहज जितमा सिता रानामगरले २३ र काजल श्रेष्ठले अविजित १४ रन जोडिन । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चीनले पुरै २० ओभरमा खेल्दै ६ विकेटको क्षतिमा ४८ रन बनाएको थियो ।

चीनका लागि झाङ चानले सर्वाधिक १३ रन जोडिन । त्यस्तै वाङ लुवान्याउ ८, ली होयो ७ र हन लीली ३ रन जोडेका थिए । चीनलाई सस्तैमा समेट्न नेपालकी करुणा भण्डारीले ३, नेरी थापाले २ तथा सिता रानाले विकेट लिइन् ।

जितसँगै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले समूहमा २ अंक जोडेको छ । नेपालले दोस्रो खेलमा आइतबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]