Dabali News

आइतबारदेखि लागू हुने गरी हवाई भाडा घट्यो, कुन ठाउँको भाडा कति ?

२८ पुस

काठमाडौं । नेपाल वायुसेवा कम्पनीहरूले आइतबारदेखि लागू हुने गरी आन्तरिक हवाई रुटमा ४ सय ४० रुपैयाँ हवाई भाडा घटाएका छन् ।

आयल निगमले बिहीबार मध्य रातदेखि लागू हुने गरी एयर टरबाइन फ्युल (हवाई इन्धन) को मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएपछि एयरलाइन्सहरूको एक मात्र संगठन वायुसेवा सञ्चालक संघले आइतबारदेखि लागू हुने गरी हवाई भाडामा लिइने फ्युल सरचार्जमा कम्तीमा ४० रुपैयाँदेखि ४ सय ४० रुपैयाँसम्म घटाउने निर्णय गरेको छ ।

संघका प्रवक्ता घनश्याम आचार्यका अनुसार सबैभन्दा धेरै धनगढी-काठमाडौं रुटको एकतर्फी भाडामा ४ सय ४० रुपैयाँसम्म फ्युल सरचार्ज घटाइएको छ ।

काठमाडौंबाट सिधा उडान हुने सुगम रुटहरूमा सबैभन्दा धेरै घटेको भाडा दर यही हो भने सबैभन्दा कम काठमाडौंदेखि सिमरा रुटमा ९० रुपैयाँ छ ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]