Dabali News

थारु समुदायको पुरानो घरलाई आकर्षणको केन्दबिन्दु बनाएर माघ महोत्सव हुने

२८ पुस

कैलाली । गोदावरी नगरपालिका ८ मजगाउँमा माघ महोत्सव हुने भएको छ ।

थारु कल्याणकारिणी सभा गोदावरीको आयोजनामा हुन लागेको महोत्सवमा थारु समुदायको पुरानो घरलाई आकर्षणका केन्दबिन्दु बनाउने आयोजकले जनाएको छ ।

शुक्रबार अत्तरियामा पत्रकार सम्मेलन आयोजना गरी ५, ६ र ७ गते माघ महोत्सव आयोजना गर्ने जनाएको छ ।

महोत्सव आयोजक समितिका कार्यक्रम संयोजक माधव चौधरीले मेलामा थारु खानपानका परिकार, नाचगान, कलाकारहरुको प्रस्तुतीसंगै थारु समुदायको पुरानो घर मूख्य आकर्षणका केन्द्रबिन्दु रहने बताएका छन् ।

उनले महोत्सव आयोजनाका लागि विभिन्न समिति गठन गरी तयारी तिब्र पारिएको बताए ।

४ लाख रुपैयाँको लागतमा आयोजना गरिने महोत्सवमा २ लाख गोदावरी नगरपालिकाको कार्यालयले सहयोग गर्ने र बाँकी विभिन्न प्रायोजकहरुबाट सहयोग प्राप्त गर्ने बताए ।

उनले महोत्सवमा १० हजार भन्दा बढि दर्शकले महोत्सव अवलोकन गर्ने जानकारी पनि दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]