Dabali News

आजबाट छैंठौं खिचरा महोत्सव शुरु, उपप्रधानमन्त्री पोखरेलले उदघाटन गर्ने

२८ पुस

चितवन । चर्चापरिचर्चा र आकर्षणका हिसावले चितवनको निक्कै महत्वपुर्ण र छुट्टै पहिचान बोकेको खिचरा महोत्सवको छैटौँ संसकरण आज (शनिवार) बाट शुरु हुँदै छ ।

नेपालको आदिवासी जनजाती थारु समुदायसँग सम्बन्धीत यस महोत्सव प्रति सवैको आकर्षण बढ्दो छ । थारु समुदायको चिचर, घोंघीलगायत विभिन्न सांस्कृतिक परिकारहरु, पहिरन, थारुसँगै विभिन्न जातजातीको भेषभुषासहितका नृत्यहरु अनि सामुदायीक, साँस्कृतिक एकता नै महोत्सवका प्रमुख विशेषता हुन् ।

हरेक वर्ष खिचराको लोकप्रीयता बढ्दै गएको छ । खैरहनी नगरपालिकाको गौचरनमा हुने छैठौं खिचरा महोत्सवको आज उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मध्यान्ह १२ बजे उदघाटन गर्ने छन् । अघिल्लो संसकरणमा भन्दा फरक र थप व्यवस्थित बनाईको महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणि चौधरीले बताए ।

उदघाटनअघि झाँकीसहितको शोभायात्रा निकालीने आयोजकले जनाएको छ । पर्सा बजारको मगनी चोकबाट झाँकीसहितको शोभायात्रा महोत्सव परिसरसम्म पुग्ने शोभायात्रा संयोजक कौशिला चौधरीले बताईन् । शोभायात्राका लागि ८२ वटा थारु गाउँबाट साँस्कृतिक महिला टोलीहरुले नाम दर्ता गराएका छन् ।

साँस्कृतिक महिला टोली बाहेक अन्य जातजातिका झाँकीहरु, युवा क्लबहरु, स्काउट, विभिन्न संघ संस्था, टोल विकास समिति, समूह लगायत १२० भन्दा बढी टोलीहरुले पर्साबजार परिक्रमा गरी महोत्सव परिसर पुग्ने छ ।

पहिलो दिन थारु लगायत अन्य जातजातिका साँस्कृतिक नृत्य र राष्ट्रिय गायक मिलन लामा, संजय चौधरीको विशेष प्रस्तुति रहने छ । यस पटक लोकदोहोरी, पप, आधुनीक, हाँस्य कलाकारलगायत धैरै कलाकारहरुलाई स्टेजमा देख्न पाईने भएको छ । यस्तै छैँटौँ संस्करणमा थारु समुदायको साँस्कृतिक, तथा परम्परागत थारु मिनि गाउँ विशेष आकर्षणका रुपमा रहेको छ ।

यस्तै आँखामा पट्टी बाँधेर हाँस समाउने खेल पनि पहिलो पल्ट राखिएकाले महोत्सव अवलोकन गर्नेहरुको संख्या विगतमा भन्दा बढ्ने प्रचारप्रसार संयोजक कारी महत्वले बताए । उनले भने, महोत्सवको गेटबाट प्रवेश गर्नासाथ थारु गाँउमा पुगेको आभास हुनेगरी मिनि गाउँ निर्माण गरीएको र गेट पनि विशेष आकर्षक रहेको छ ।

पहिलो दिन सबै दर्शक तथा अवलोकनकर्ताहरुलाई निः शुल्क प्रवेश रहने र दोश्रो दिनदेखि ५० तथा विद्यार्थीका लागि ३० को टिकट लाग्ने टिकट संयोजक भिखु चौधरीले बताए ।

अपाङ्ंग र ज्येष्ट नागरिकहरुले भने निः शुल्क अवलोकन गर्न पाउने छन् । माघ ८ गत्तेसम्म चल्ने महोत्सवको समापन प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले गर्ने कार्यक्रम रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]