Dabali News

यौन हिंसाको समाचार लेखेपछि विवादित धर्मगुरु रामरहिम पत्रकारको हत्या गरेको पुष्टि

२८ पुस

काठमाडौँ । भारतका विवादास्पद धर्मगुरु गुरमित रामरहिम सिंहले एक जना पत्रकारको हत्या भएको ठहर भएको छ । आफ्नो यौनहिंसाको समाचार लेखेकै कारण पत्रकार रामचन्दर छत्रपाटीका हत्या गरेको अदालतले ठहर गरेको हो ।

स्थानीय पत्रिकामा कार्यरत पत्रकार छत्रपाटीलाई सिंहले सन् २००२ मा हत्या गरेका थिए । अदालतले शुक्रबार गरेको फैसला अनुसार पत्रकारको हत्यामा ५१ बर्षीय सिंहसँगै अरु तीन जना सहयोगी पनि संलग्न रहेको ठहर गरिएको छ ।

सिंहले बलात्कार गरेको विषयमा अज्ञात व्यक्तिले लेखेको पत्र स्थानीय पत्रिकामा छापिएपछि छत्रपाटीको आफ्नै घरबाहिर हत्या भएको थियो । सिंहलाई आजीवन काराबाससम्मको सजाय हुन सक्ने बताइएको छ ।

यसअघि सन् २०१७ मा भएको बलात्कारसम्वन्धी फैसलापछि उनका समर्थकहरू विरोधमा उत्रिँदा भएका झडपमा परी झन्डै ४० जना घाइते भएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]