Dabali News

डिएसपी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

२७ पुस

काठमाडौं । नेपाल प्रहरीको बहालवाला डिएसपी हुँ भन्दै ठगी गर्ने भक्तपुर बालकोटका ३५ वर्षिय अनिल थापा पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले आज (शुक्रबार) पुतली सडकबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले प्रहरी प्रधान कार्यालय नक्सालस्थित चालचलन शाखाका प्रमुख डिएसपी भीमकिरण ढकाल हुँ भन्दै पुतली सडकस्थित तिरुपती होटलमा बसेर ठगी गरेका थिए ।

१४ दिनदेखि तिरुपतीको कोठा नं. २०३ मा बसेका उनले आफु महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा कार्यरत रहेको भन्दै विभिन्न युवतीलाई शारिरीक शोषणसमेत गरेका थिए ।

सित्तैमा होलटमा बसेका ढकालले होटलवालालाई अनुसन्धानका लागि केही दिन अझै सोही कोठामा रहने बताएका थिए । विवाहित ढकालको १३ वर्षिय छोरा रहेका छन् ।

प्रहरीका अनुसार उनको श्रीमतीसँगको सम्वन्ध राम्रो छैन । घर जग्गाको करोबार गर्ने उनी दिउँसो भने भक्तपुरस्थित घरमा जाने र राती होटलमा आएर बस्ने गर्थे ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]