Dabali News

कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने

२७ पुस

काठमाडौं । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४-७५ को वितरणयोग्य नाफाबाट १५.०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमासमेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जानकारी दिए ।

बैंकले आव २०७४-७५ मा ३ अर्ब ६७ करोड ३२ लाख वितरणयोग्य मुनाफा गरेको थियो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]