Dabali News

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

२७ पुस

काठमाडौं । आधुनिक नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज (शुक्रबार) देशैभर विविध कार्यक्रम गरी मनाइएको छ ।

सरकारले आजको दिनलाई राष्ट्रिय एकता दिवसको औपचारिकता नदिए पनि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सरकारका मन्त्रीहरु एकता दिवसका कार्यक्रममा सहभागी भए ।

वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा स-साना राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२ र २०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो ।

तर, जनस्तरमा यो दिवस मनाउनेक्रम भने कायमै रहेको छ । यस वर्ष पनि जनस्तरबाट भव्यताको साथ यो दिवस मनाइएको छ । राष्ट्रिय एकता दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलगेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी हुन् ।

त्यसैगरी, सरकारका प्रवक्ता सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत विभिन्न राजनीतिक दलका नेताहरुले पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।

सो अवसरमा सर्वसाधारणले पनि सालिकमा माल्यार्पण गरेका थिए । उनीहरुले पृथ्वीनारायण शाह राष्ट्रिय एकताको प्रतीक भएको भन्दै राज्यले बिर्सन नहुने बताए ।

आधुनिक नेपालको एकीकरण गरी पृथ्वीनारायण शाहले सबै नेपालीमा एकताको भावना जगाएको भन्दै अहिले पनि सबै नेपालीमा भावनात्मक एकता हुनुपर्ने उनीहरुको भनाई थियो ।

पृथ्वीनाराण शाहको दिव्योपदेश अहिले पनि सान्दर्भिक भएकाले त्यसलाई सबै नेपालीले आत्मसाथ गर्नुपर्ने उनीहरुको भनाई छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]