Dabali News

बिराटनगरमा बम बिस्फोट, एक बालकको मृत्यु, बालिका घाइते

२७ पुस

मोरङ । बिराटनगर महानगरपालिका १५ रामजानकी चौकमा आज (शुक्रबार) मध्यान्ह अज्ञात बस्तु बिस्फोट हुँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका गमिभर घाईते भएकी छिन् । बिस्फोट भएको बस्तु बम हुन सक्ने बताइएको छ ।

विष्फोटबाट गम्भिर घाइते भएकी राजेश मण्डलकी ८ वर्षिय छोरी राधिकुमारी मण्डलको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बिस्फोट भएको स्थान नजिकै खेलिरहेका सुवास मण्डलका ११ वर्षिय छोरा अमित मण्डलको उपचारका लागी गोल्डेन अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बिस्फोटको पुष्टि गरेपनि के बिस्फोट भएको भन्ने जनाएको छैन । स्थानीय अनिल मण्डलका अनुसार सिलिण्डर बिस्फोट भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]