Dabali News

मूल्यवृद्धिको विरोधमा प्रदर्शन, प्रहरी कारबाहीमा २२ जनाको मृत्यु

२७ पुस

काठमाडौं । सुडानमा पाउरोटी र इन्धनको मूल्यवृद्धिको विरोधमा चर्किएको आन्दोलनमा २२ जनाको मृत्यु भएको छ ।

सुडानी सरकारले पाउरोटीमा २ सुडानी पाउन्ड र इन्धनमा दोब्बर मूल्यवृद्धि गरेपछि आन्दोलन चर्किएको हो ।

राजधानी खार्तुममा ठूलो संख्यामा भेला भएर नागरिकले प्रदर्शन गरेपछि प्रहरीले कारबाही गर्दा उनीहरुको मृत्यु भएको हो ।

जनस्तरमा असर पर्ने गरी मूल्यवृद्धि गरेको भन्दै प्रदर्शनमा उत्रिएकाहरु र सुरक्षाकर्मीबीच ठाउँठाउँमा झडप हुँदा कयौं घाइते भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गरेका छन् ।

मूल्य समायोजनको मागसहित प्रदर्शनमा उत्रेका सयौैं प्रदर्शनकारीले सरकारको विरोध गर्दै ठाउँठाउँमा सडक अबरुद्ध गर्नुका साथै सरकारी र सार्वजनिक सवारी साधनमा आगजनीसमेत गरेको एजेन्सीले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]