Dabali News

संविधानलाई संस्थागत गर्नमा सरकार चुकेको आरोप

२७ पुस

कैलाली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्नमा वर्तमान सरकार चुकिरहेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार सुशासानको कुरा गर्दै काममा भने भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाए ।

वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समितिले प्रतिवेदन नै नदिइ सरकारले संसदको क्षेत्राधिकारलाई हस्तक्षेप हुनेगरि रातारात छुट्टै छानविन समिति बनाउनुले सरकारको नियत ठिक नदेखिएको उनले बताए ।

सुशासन, विकास र समृद्धिको नारा अगाडि सारेको सरकारका काम कारवाही र गतिविधि भने भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको देखिएको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]