Dabali News

गाडीले ठक्कर दिँदा विद्यार्थी घाइते भएपछि राजमार्ग अवरुद्ध

२७ पुस

कालिकोट । गाडीले ठक्कर दिँदा विद्यार्थी घाइते भएपछि कालिकोटको खाँडाचक्र नगरपालिका-१ मा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार बिहान भे १ ज ३१८५ नं.को जिपको ठक्करले पञ्चदेव माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षिय देविका पाण्डे घाइते भएकी थिइन् । उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि कालिकोट जिल्ला अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको छ ।

विद्यार्थीले ठक्कर दिने गाडीका चालकलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका छन् । बिहीबार दिनभरि सडक अवरुद्ध थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]