Dabali News

फिदा हुसेनको हत्या आरोपमा ४ पक्राउ

२७ पुस

सुनसरी । दुहबी-९ छाताबेलीका व्यवसायी फिदा हुसेनको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ५४ वर्षिय हुसेनको हत्या आरोपमा सुनसरीबाट ३ र नेपालगन्जबाट एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरीको दुहबी-९ छाताबेलीका २८ वर्षिय मोहम्मद सकिम हुसेन, सोही स्थानका ३१ वर्षिय मोहम्मद जाबिर हुसेन र दुहवी-१२ सीतापुरका ६० वर्षिय विश्वम्बर यादव रहेका छन् ।

प्रहरीका अनुसार सकिम हत्यामा मुख्य योजनाकार हुन् । जाबिर हुसेन हत्या योजनामा संलग्न तथा सहयोगी हुन् । त्यस्तै, अर्का अभियुक्त यादव घटनामा प्रयोग भएको हतियार लुकाउन संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सोही घटनामा संलग्न भएको अभियोगमा दुहबी-९ का जफर मियाँलाई नेपालगन्जबाट प्रहरीले बिहीबार पक्राउ गरेको छ । बुधबार र बिहीबार सुनसरीका फरक-फरक स्थानबाट पक्राउ परेका अभियुक्तले दिएको बयानका आधारमा मियाँलाई नियन्त्रणमा लिइएको हो ।

मंसिर ५ गते बिहान श्रीमतीसँगै मर्निङवाकमा निस्किएका हुसेनमाथि जयबाबा इँटा उद्योगनजिकैको नहरको डिलमा गोली प्रहार भएको थियो । उक्त इँटा उद्योगका व्यवस्थापक हुसेनको घटनास्थलमै मृत्यु भएको थियो ।

अभियुक्तहरूले रिसइबी तथा आर्थिक लेनदेनको कारण हत्या गरेको प्रारम्भिक बयान दिएको सुनसरी प्रहरीले जनाएको छ । हत्यामा अन्यकोसमेत संलग्नता भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरीले हत्यामा प्रयोग भएको कटुवा पेस्तोल, दुई राउन्ड गोली र चक्कु एक थान दुहबी-१२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा खाल्डो खनी लुकाएको अवस्थामा फेला पारेको छ ।

कपडाको झोलामा बेरेर राखिएको हतियार प्रहरीले खाल्डोबाट झिकेको हो । पछिल्लो समय सुनसरीमा आपराधिक घटना बढिरहेका छन् । यसअघि गत असोजमा भुटाहामा नेकपाका गाउँस्तरका नेता खुर्सिद आलमको हत्या भएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]