आज :

नेपाल पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको भौतिक संरचना हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ र नेपाल लाइब्रेरी फाउण्डेशनबीच गत असोज २५ गते भएको त्रिपक्षीय सम्झौता बमोजिम निर्माण भएको पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको भौतिक संरचना हस्तान्तरण गरिएको छ ।

गैर आवासीय नेपाली संघको आर्थिक सहयोगमा निर्मित सो संरचना नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा निर्माण भएको थियो । कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले संघले पढ्ने प्रवृत्तिलाई विकास गर्ने उद्देश्यले पुस्कालयको अवधारणाल्याएकोमा त्यसले मूर्त रुप लिएको उल्लेख गरे ।

उनले हाल पुस्तकालयको सानो स्वरुप सुरु गरिएको अवधारणालाई आगामी दिनमा सञ्चार संग्रहालयको रुपमा विस्तार गर्नुपर्ने र त्यसका लागि संघको तर्फबाट गर्नुपर्ने सहकार्य गर्न तयार रहेको बताए ।

नेपालमा अस्तित्व नै लोप हुने अवस्थामा रहेका पुस्तकालयको विकासको लागि पछिल्लो कदम कोसेढुङ्गा हुने बताइएको छ ।

यस्तै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भौतिक संरचना पूरा भए पनि थप स्रोत साधन वृद्धि गर्दै पुस्तकालयलाई अध्ययन र खोज केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal