Dabali News

हुकिङ गरी विद्युत चुहावट गरिरहेको अवस्थामा २४ जना पक्राउ

२७ पुस

लहान । हुकिङ गरी विद्युत चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।

विद्युत प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।

नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।

पक्राउ गरिएका सबैमाथि विद्युत चुहावट ऐनअन्तर्गत कारवाही गरी २ लाख ६० हजार राजश्व असुली गरेको प्रमुख यादवले बताए । सो क्रममा विद्युत मिटर, पङ्खा र टिभीलगायतका समानसमेत बरामद गरेको छ ।

त्यस्तै प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब डेढ लाख बराबरको अवैध समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा चोरीपैठारी गरिरहेको अवस्थामा अवैध तुलसी ७५ प्याकेट र ब्ल्याक चुरोट ७५ प्याकेटलगायत ९५ हजार मूल्य बराबरको समान बरामद गरेको छ ।

प्रहरी चौकी औरहीबाट खटिएको टोलीले पाइन्ट, सर्टको कपडा, धोतीलगायतका करीब ४५ हजार मूल्य बराबरको अवैध कपडा बरामद गरेको प्रहरीको भनाई छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]