Dabali News

सुदूरपश्चिममा माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा

२७ पुस

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषद बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए ।

यस्तै बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको छ । मन्त्री शाहले माघ ४ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले विभिन्न विषयसँग सम्बन्धीत ५ वटा कार्यविधि पनि स्वीकृत गरेको छ । उनका अनुसार पशुपंक्षी बजार प्रवद्र्धन कार्यक्रम कार्यान्वनका लागि बनेको कार्यविधि, व्यवसायीक सीपमुलक कार्यविधि, वन तथा वातावरण जलाधार व्यवस्थापन कार्यविधि, अनुदान तथा सहायता रकम निकासा सम्बन्धी कार्यविधि र प्रदेश पर्यटन विकास आयोजना कार्यान्वयन इकाई सञ्चालन कार्यविधि बैठकले स्वीकृत गरेको हो ।

त्यस्तै अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई पनि स्वीकृत गरिएको छ । प्रादेशिक वातावरण संरक्षण व्यवस्थापन सम्बन्धीको विधेक र प्रादेशिक पर्यटन विकास तथा व्यवस्थापन सम्बन्धी विधेकको मस्यौदाका लागि सैद्धान्तिक स्वीकृती पनि प्रदान गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]om