Dabali News

रोनाल्डोमाथि बलात्कार आरोपः प्रहरीले जारी गर्‍यो वारेन्ट

२७ पुस

काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोलाई प्रहरीले वारेन्ट जारी गरेको छ । उनीमाथि लागेको बलात्कारको आरोपबारे थप अनुसन्धान गर्न प्रहरीले डीएनए नमूनाका लागि वारेन्ट जारी गरेको हो ।

पोर्चुगलका कप्तान तथा युभेन्टसका स्ट्राइकर रोनाल्डोमाथि लस भेगास प्रहरीले एक अमेरिकी महिलाले लगाएको बलात्कार आरोपबारे छानबिन गरिरहेको छ । थप अनुसन्धानको लागि रोनाल्डोको डीएनएको नमूना माग गरेको हो । ३३ वर्षका रोनाल्डोका वकिल पिटर एस क्रिष्टएनसनले प्रहरीले गरेको माग अति उत्कृष्ट रहेको बताएका बीबीसीमा उल्लेख छ ।

अमेरिकी एक पूर्वमोडल क्याथरिन मायोर्गाले सन् २००९ मा आफूमाथि बलात्कार भएको भन्दै रोनाल्डोमाथि उजुरी दिएकी थिइन् । तर रोनाल्डोले भने सबै आरोप झूटो भन्दै खण्डन गर्दै आइरहेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]