Dabali News

मनपरी शूल्क असुली गर्न नेता किन्‍ने कलेज अखिल क्रान्तिकारीको पहलमा खारेज

२६ पुस

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीकक तालिम परिषद् (सिटिईभिटी)ले स्वीकृत शर्तहरु र तोकिएको शूल्क भन्दा बढी असुल कार्य नरोकेपछि भक्तपुरको एक शैक्षिक संस्थालाई खारेज गरेको छ । सिटिईभिटीबाट सम्बन्धन लिएको भक्तपुर प्राविधिक तामिल केन्द्र, बालकोट खारेजीमा परेको हो ।

अनमी कार्यक्रम संचालन गरिरहेको उक्त शैक्षिक संस्थालाई पटकपटक अनुगमन गरी औल्याइएका कमीकमजोरी सुधार गर्न दिइएको निर्देशन एवं प्रतिवद्धता पालना नगरेको भन्दै सिटिईभिटी स्थत निर्धारण महाशाखाले पुस २५ गतेको निर्णयअनुसार गद्द गरेको जनाएको छ । सात दिन र तीन दिन गरी दुई पटक उक्त तामिल केन्द्रलाई लिखित रुपमा स्पष्टिकरण सोधिएको तर जवाफ चित्त बुझ्दो नभएकोले खारेज गरेको सिटिईभिटीले जनाएको छ ।

उक्त शैशिक्ष संस्थाले आफ्नो कमजोरी ढाकछोप गर्न केही दिन पहिला विद्यार्थी नेताहरुलाई चार लाख दिएको विषय सार्वजनिक भएको थियो । विद्यार्थीहरुबाट दुई लाख चालिस हजारसम्म शूल्क असुल गरेको, छात्राबास बस्नुपर्ने बाध्य बनाउँदै आएको थियो । कमजोरी लुकाउन केही विद्यार्थी नेताहरुलाई रुपैयाँ खुवाएको भन्दै अखिल क्रान्तिकारीको अगुवाईमा तीन विद्यार्थी संगठनले आन्दोलन गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी सिटीईभिटी समन्वय समिति अन्तरगत उपत्यका विशेष जिल्ला समितिका  अध्यक्ष प्रज्वल शाहीले सिटिईभिटीको निर्णयलाई सही कदम भन्दै धन्यवाद थिए । उनले आफ्नो संगठनको पहलमा भएको आन्दोलन सफल भएको बताए ।  उनले अरु यस्तै मापदण्ड विपरित र मनपरी शूल्क असुली गर्ने शैक्षिक संस्थामाथि संगठनले अनुगमन गरिरहेको बताए ।

अाजै मात्रै समन्वय समितिले तीन बुँदे मागपत्र सिटिईभिटीलाई बुझाएको छ । समितिका संयोजक हर्कबहादुर बिकले हस्ताक्षर गरेको मागपत्र बुझाएर फर्कदै गर्दा विहीबार बिकसहित उपत्यका अध्यक्ष शाहीलाई प्रहरीले गिरफ्तार समेत गरेको थियो । तर, साँझै प्रहरीले छोडिसकेको छ ।

यस्तो थियो मागपत्र 

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]