Dabali News

सुदुरपश्चिम प्रादेशिक महोत्सब २०७५ को तयारी पुरा, प्रदेश प्रमुखले उदघाटन गर्ने

२६ पुस

काठमाडौं । सुदुरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा यहि पुस २७ गतेदेखी माघ ७ गते सम्म संञ्चालन हुने ‘ सुदुरपश्चिम प्रादेशिक महोत्सब २०७५ ’ को सम्पुर्ण तयारी पुरा भएको छ ।

“सम्बृद्ध प्रदेशको आधार कृषि, पर्यटन र ब्यापार ” भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवको शुक्रबार दिउसो २ बजे सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहन राज मल्लले उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजक उद्योग बाण्ज्यि संघका अध्यक्ष अशोकराज देवकोटाले जानकारी दिए ।

महोत्सबका लागि महोत्सब परिसरमा सरसरफाई, गेट, पर्खाल, मञ्च र स्टलहरु निर्माण गर्ने सुरक्षाको ब्यबस्था, सवारी साधनहरु पार्किङ्, खानेपानी तथा अस्थायी शौचालय बनाउने लगाएतका सम्पुर्ण कामहरु पुरा भएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा तोकेपछि प्रदेशको राजधानीमा हुने महोत्सवले यस क्षेत्रमा औधोगिक लगानी भित्र्याउने आयोजकको विश्वास रहेको छ ।

महोत्सबमा १ सय ५० वटा बिभिन्न खालका स्टलहरु, अत्तरीया स्थ्ति लामि ताल परिसरमा आयोजना गरिने महोत्सवमा दर्शकको सुविधाका लागि ३ वटा डुङ्गाको व्यवस्था, महोत्सबमा दर्जनौ स्थानिय तथा राष्ट्रिय कलाकारहरुको उपस्थिती रहने छ ।

यसका लागि सबै कलाकारहरुको टुङ्गो लागि सकेको अत्तरिया उधोग बाणिज्य संघका महासचिब एबम् सास्कृतिक संयोजक यज्ञराज जोशीले जानकारी दिए ।

यस पटक महोत्सबमा नायक बिराज भट्ट, हास्यकलाकार केदार प्रसाद घिमिरे माग्ने बुढा, चचित गायक राजेश पायल राई, चर्चित लोक दोहोरी गायक राम जि खाँड, मेलीना राई , लोक दोहोरी गायक पशुपति शर्मा, गायक रमेश राज भटराई, अर्जुन कौशल, चर्चित गायिका ज्योति मगर, रेखा जोशी, सिता गौतम, चर्चित र्याफर राजेन्द्र भट्ट मि.आर जे, चर्चित लोक पप गायक चक्र बम, चेतन बहोरा, सुरेश चोखाल, लोकेन्द्र चन्द, जनक ताम्राकार, टंक बोगटी, गाबिन्द साउद, चर्चित देउडा गायक सुरत राबत डोटेली कान्छा र दिपेन्द्र दाहाल रहेका छन् ।

महोत्सब कार्यक्रम संञ्चालनमा चर्चित गायिका एवं उद्घोेषिका मञ्जु पौडेल, हेमराज भट्ट र गोपाल सुवेदी रहेका छन् । महोत्सब नजिकिएसंगै प्रचार प्रसारलाई पनि तिब्रता दिएको छ ।

महोत्सव अवधिभर साढे ३ लाख दर्शकहरुले अवलोकन गर्ने र साढे ३ करोड रकम बराबरको कारोबार हुने आयोजक अत्तरिया उधोग बाणिज्य संघले अपेक्षा गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]