Dabali News

रियलको जितमा रामोसको १०० गोल पूरा

२६ पुस

काठमाडौं । रियल मड्रिडले स्पेनिस कोपा डेल रे प्रिक्वाटरफाइनलको पहिलो लेगमा लेगानेसलाई ३-० को गोलले पराजित गरेको छ ।

बुधबार राति घरेलु मैदानमा सम्पन्न खेलमा रियलले ४४ औं मिनेटमा कप्तान सर्जियो रामोसको पेनाल्टी गोलमा अग्रता लियो । उनले करियरको १०० औं गोल पूरा गरेका छन् ।

पहिलो हाफमा १-० को अग्रता लिएको रियलका लागि ६८ औं मिनेटमा लुकास भाज्क्वेजले अग्रता दोब्बर पारे । ७७ औं मिनेटमा १८ वर्षिय ब्राजिलियन युवा स्ट्राइकर भिनिसियस जुनियर टिमका लागि तेस्रो गोल गरे ।

उनलाई ७८ औं मिनेटमा स्पेनिस युवा स्टार ब्राहिम डियाजले रिप्लेस गरेका थिए । यसै साता म्यानचेष्टर सिटीबाट १५ मिलियन पाउन्डमा रियल गएका डियाजको यो डेब्यु खेल हो ।

अब दोस्रो लेग १६ जनवरीमा हुनेछ । अर्को खेलमा एथ्लेटिको मड्रिडले गेटाफेसँग १-१ गोलको बराबरी खेल्दा भ्यालेन्सिया स्पोर्टिग गिजोनसँग २-१ गोलले पराजित भएको हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]