Dabali News

७७७१ फिट उचाईमा रहेको फिक्कल डाँडामा महोत्सव, सूर्योदय र सूर्यास्त हेर्न सकिने

२५ पुस

काठमाडौं । सिन्धुलीको पर्यटकीय स्थल फिक्कलको प्रबर्धन गर्न प्रथम फिक्कल महोत्सव गरिने भएको छ । सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो फिक्कल डाँडालाई विश्वमा चिनाउन उद्देश्यले माघ २ देखि महोत्सव आयोजना गर्न लागिएको फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले जानकारी दिए ।

बुधबार राजधानीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष कार्कीले जानकारी दिएका हुन् । फिक्कल डाँडाको उचाई ७७७१ फिट छ ।

उत्तरतिर विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथालगायतका १४ वटा हिमश्रृङ्खलाहरु फिक्कल डाँडाबाट देख्न सकिन्छ । त्यस्तै दक्षिणतर्फ होचिँंदै गएका रमणीय डाँडाकाँडा एवं तराईको समतल फाँट नियाल्न सकिन्छ ।

सूर्योदय र सूर्यास्तको दृष्य अत्यन्तै मनमोहक हुने फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् । फिक्कलको उत्तरतिर रहेको महाकाली देवीस्थान नजिकमा रहस्यमय प्राकृतिक गुफाहरु छन् । आसपासका वन जंगलमा बहुमूल्य जडिबुटी पाईने स्थानीय बासिन्दासमेत रहेका पत्रकार उज्ज्वल पहाडीले जानकारी दिए ।

धार्मिक तथा प्राकृतिक विशेषतायुक्त फिक्कललाई पर्यटकीयस्थलको रुपमा स्थापित गराई आन्तरिक र वाह्य पर्यटक प्रवद्र्धन गर्न यस गाउँपालिकाको नाम फिक्कल राखिएको गाउँपालिका उपाध्यक्ष तथा महोत्सव आयोजक समिति संयोजक पार्वती सुनुवारले जानकारी दिइन् । फक्कलको पर्यटकीय महोत्वलाई प्रवद्र्धन गर्न सके गाउँपालिकाको आर्थिक र सामाजिक समृद्धि गर्न सकिने उनको दाबी छ ।

महोत्सवले फिक्कल गाउँपालिकामा रहेका सम्भावित क्षेत्रहरु कृषि, जलश्रोत, पर्यटन, जडिबुटी आदि क्षेत्रको जानकारी तथा प्रचारप्रसार गर्ने, स्थानीय उत्पादनको प्रचारप्रसार, बिक्रि एवं प्रवद्र्धन गर्न साझा, औपचारिक एवं अल्पकालिन बजार उपलब्ध गराउने, विभिन्न जातजातिका सांस्कृतिक पक्षहरुको प्रचार प्रसार गर्ने, स्थानीय स्तरमा गरिएको किवी खेती र आलु पकेट क्षेत्रको दृश्यावलोकन गराउने, गाउँपालिका क्षेत्र भएर वग्ने सुनकोशी नदीमा र्या‍प्टिङ गराउने उद्देश्य महोत्सवले लिएको गाउपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताइन् ।
महोत्सव ६ दिनसम्म चल्ने छ भने एक लाख पर्यटक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ ।

महोत्सवका मुख्य आकर्षणहरुः स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ, दुग्धजन्य बस्तु तथा अल्लोका कपडाहरुको प्रदर्शनी, गाउँपालिका भित्रका मौलिक उत्पादनहरुको प्रतियोतात्मक प्रर्दशनी, कृषिजन्य उत्पादनको प्रदर्शनी, वितिय संस्था तथा अन्य सेवामुलक संघ÷संस्थाहरुको सेवाबारे जानकारी, प्याराग्लाईडिङ्ग, ¥याफ्टिङ्ग लगायत रहेका छन् । महोत्सवमा आउनेहरुलाई जिल्लाकै अग्लो डाडा फिक्कल, जिल्लाकै अग्लो ठाउँमा रहेको खेल मैदान रचने थामको अबलोकन गराउने ब्यवस्था गरिएको अध्यक्ष कार्कीले बताए ।

मेलामा गाउँपालिका भित्रका जातजातिका विविधताको प्रदर्शन, सुुवार, राइ र मगर जातिको झाँकी तथा नृत्य प्रदर्शन, बाम्ह्रण जातिको भजन प्रदर्शन, ख्याति प्राप्त कलाकारहरु विच दोहोरी गीत कार्यक्रम र सर्कसहरु रहने छन् । त्यस अबसरमा उद्योग,पर्यटन,कृषि सम्वन्धि अन्तरकृया कार्यक्रमसमेत राखिएको उपाध्यक्ष सुनुवारले बताइन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]