Dabali News

सुदूरपश्चिम पहिलो दिनमै आउट भएपछि दर्शक निराश

२५ पुस

धनगढी । पहिलो खेलमै आयोजक सुदूरश्चिम पराजित भएको छ । ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको पहिलो खेलमा मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरसँग सुदूरपश्चिम–११ क्लबलाई पराजित भएको हो ।

गोलरक्षक दीप कार्कीको उत्कृष्ट प्रदर्शनसँगै काँकडभिट्टाले जित दर्ता गराउन सफल भएको भयो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो ।

‘सडन डेथ’मा काँकडभिट्टाले बाजी र्मायो । काँकडभिट्टाले खेल ७–६ ले जितेको हो ।

मंगलबारदेखि धनगढी रंगशालामा भएको खेलमा अधिकांश समय आक्रामक रणनीतिमा खेलेको घरेलु टोलीले गोल गर्न भने सकेन । हारसँगै सुदूरपश्चिम–११ प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका काँकडभिट्टाका गोलरक्षक दीप कार्की ‘म्यान अफ दी म्याच’ घोषित भए । प्रतियोगिताअन्तर्गत् बुधबार हुने खेलमा नेपाल पुलिस क्लबले मोरङ–११ को सामना गर्नेछ ।

प्रतियोगितामा विदेशी एक टिम, आयोजक एक, ‘ए’ डिभिजन क्लबका ६ र विभिन्न जिल्लाका क्लबहरु गरी १२ टिमको सहभागिता रहेको छ ।
आगामी माघ ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई नगद १० हजार प्रदान गरिनेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]