Dabali News

पत्रकार बिकलाई रिहाईको माग गर्दै सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाई

२५ पुस

काठमाडौं । पत्रकार गणेश बिकलाई गैरकानुनी रुपमा थुनामा राखको भन्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ ।

बझाङबाट प्रकाशित भइरहेको साइपालपोष्ट डटकमका प्रबन्ध सम्पादक विकलाई रिहा गर्न मागसहित पत्रकार जितेन्द्र महर्जनले मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका हुन् ।

रिटनिवेदनमा पत्रकार विकलाई प्रहरीले बिना पक्राउपूर्जी अपमानजनक र गैरकानूनी रुपमा प्रहरीले गिरफ्तार गरी हिरासतमा थुनामा राखेको भन्दै तत्काल रिहाईको माग गरिएको छ । पत्रकार बिकले कुनै पनि गैरकानूनी कार्य नगरेको समेत रिटमा दाबी गरिएको छ । प्रेस स्वतन्त्रताको हनन् मात्र नभई संविधानले प्रदत्त गरेको मौलिक हक अधिकारसमेत कुण्ठित गरेको दाबी रिट निवेदकले गरेका छन् ।

विकलाई साइबर क्राइम अर्थात विद्युतीय अपराधसम्बन्धी कसुर गरेको अभियोग लगाइएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ निवासी पत्रकार बिकलाई पुस १९ गते चैनपुरबाट प्रहरीले गिरफ्तार गरेको िथियो । पुस २० गते उनलाई काठमाडौँ ल्याइएको थियो । पुस २१ गते काठमाडौँमा पुर्याइएका पत्रकार बिकलाई अहिले महानगरिय पहिसर टेकुमा राखिएको छ ।

पत्रकार बिकले तस्करसँग घुमुवा प्रहरीको मिलेमोतो रहेको समाचार अनलाइनमा आफ्नै अनलाइनमा लेखेका थिए । पत्रकार बिकलाई रिहाईको माग गर्दै  दायर रिटको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारीलगायतका अधिबक्ताहरुले बसह गर्ने भएका छन् । सर्वोच्चले कारणसहित अदालतमा उपस्थित गराउन अादेश दिन सक्ने अनुमान गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]