Dabali News

नेपाली सेनाका जवान मोहनले चिरपटले हानेर श्रीमतीको हत्या गरे

२५ पुस

बर्दिया । जिल्लामा एकजनाले श्रीमतीको हत्या गरेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका–५ कृष्णसार टोलका मोहन बोहोराले श्रीमती सुश्मा कुँवर बोहोराको हत्या गरेका हुन् । नेपाली सेनामा कार्यरत बोहोराले २७ वर्षीय सुश्मालाई सोमबार राति दाउराको चिरपटले हानेर हत्या गरेको छिमेकीले बताएका छन् ।

जवरजङ्ग गण बुटवल रामनगरमा कार्यरत ३५ वर्षीय बोहोरा मदिरा सेवन गरेर घरमा आएर कुटपिट सुरु गरेका थिए ।

श्रीमतीको हत्या गरेर भाग्दै गर्दा जल्ला प्रहरी कार्यालयको टोलीले खैरापुरबाट पक्राउ गरेको थियो । बोहोराका आमाबुबालाई पनि जिल्ला प्रहरी कार्यालयले सोधपुछ गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]