Dabali News

रेल चढेर किमजोङ चीन पुगे, सी जिनफिङसँग गम्भीर छलफल 

२५ पुस

काठमाडौं । उत्तर कोरियाली नेता किमजोङ उन चीन भ्रमणमा छन् । मंगलबार किमजोङ राजधानी बेइजिङ पुगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो शिखर सम्मेलनको तयारी भइरहेको बेला किमजोङ चीन पुगेका हुन् । चिनियाँ राष्ट्रपति सी को निम्तामा किमजोङ चीन भ्रमणा गएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

नेता किमजोङ रेल चढेर सोमबार बिहान १०ः५५ मा नेता किम चीन प्रस्थान गरेको कोरियाली संचारमाध्यमहरुले बताएका छन् । उनको साथमा श्रीमती री सोल जुसहित उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधि मण्डल रहेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जनाएको छ ।

किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ता हुने चर्चासँगै किमजोङको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीसँग गम्भीर छलफल हुने बताइएको छ ।

गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो ।किमजोङको चीन भ्रमणले उत्तर कोरिया र अमेरिकाबीच चाँडै शिखर वार्ता हुँदैछ भन्ने अनुमान गरिएको छ ।

यसै साताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताएका थिए । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको थियो ।

अर्काे बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन ।

यसअघि पहिलो चरणको वार्ता अघि पनि किमजोङले चिनियाँ राष्ट्रपतिसँग भेट गरेका थिए ।

  • फाइल फोटो
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]