Dabali News

विश्‍व बैंकका अध्यक्ष दिए राजिनामा, यस्तो छ कारण 

२४ पुस

काठमाडौं । विश्व बैंकका अध्यक्षले पदबाट राजिनामा दिएका छन् । फेब्रुअरी १ बाट लागु हुने गरी अध्यक्ष  जिम योङ किमले राजीनामा दिने घोषणा गरेका छन् ।

किमको राजिनामालाई अप्रत्यासित रुपमा अाएको रुपमा लिइएको छ । उनी ६ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहँदै आएका थिए ।

५९ वर्षीय जिम सन् २०२२ सम्म विश्व बैंकको अध्यक्ष रहनुपर्ने भए पनि राजीनामा घोषणा गरेका हुन् । उनीँ सन् २०१७ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

जिम विकासोन्मुख देशमा पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी बढाउने काममा सक्रिय हुने विश्व बैंकले जनाएको छ । उनले वक्तव्यमा विश्व बैंक जस्तो महत्वपूर्ण संस्थाको अध्यक्षका रुपमा काम गर्न पाउनु ठूलो सम्मानको कुरा रहेको उल्लेख गरेका छन् । उनले राजिनामा गर्नुको कारण खुलाएका छैनन् ।

विश्व बैंकको नयाँ अध्यक्षको जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत क्रिस्टालिना जोर्जिएभाले लिने सम्भावना रहेको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]