Dabali News

एमाले-माके एकताः भएन अालोपालो, चार नम्बर बुँदा निकै घातक 

८ फागुन

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । सोमबार मध्यरात बालुवाटारमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

विहान प्रधानमन्त्री तथा एमाले अध्‍यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डबीच गोप्य वार्ता भएको थियो । दुबै अध्यक्षबीच भएको सहमतिलाई साँझ एकता संयोजन समितिको बैठकले अनुमोदन गरेको हो ।

यसअघि नेतृत्वको अालोपालोबारे सात बुँदे सहमति पत्रको कुनै बुँदामा उल्लेख छैन । नेतृत्व अालोपालो अब नहुने भएको छ ।

माओवादी केन्द्रको लागि बुँदा नम्बर ४ निकै घातक सावित हुनेछ । त्यसमा एमालेले अपनाउँदै अाएको जबजले स्थापित गरेका मान्यतालाई उल्लेख गरिएको छ भने माओवादीले मान्दै अाएको माओवाद, जनयुद्ध र २१ औं शताब्दीको जनवाद दुबै उल्लेख छैन । यो बुँदाले नै प्रष्ट भएको छ की एमालेले माओवादी जनयुद्धले स्थापित गरेका राजनीतिक मूल्य र परिवर्तनलाई स्वीकार गरेको छैन ।

सहमति पत्रमा जनयुद्ध भन्‍ने शब्द समेत उल्लेख छैन । यसले माकेको एमालेमा विलय भएको भन्न सकिन्छ । अब यही चार बुँदाको अाधारमा पार्टी अगाडि बढ्नेछ ।

यस्तो छ चार नम्बर बुँदा – नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

सहमति पत्रमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन् । बैठकले दुईओटा कार्यदल समेत गठन गरेको छ । विधान र राजनीतिक प्रतिवेदन तयार गर्न बनेका कार्यदलले छिटै काम थाल्ने बताइएको छ ।

एकीकृत पार्टी अाज निर्वाचन अायोगमा दर्ता गर्ने नेताहरुले बताएका छन्  ।

यस्ता छन् सात बुँदा 

१. एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।

२. पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।

३. ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।

४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।

६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रुपान्तरण मार्फत समाजवादका आधार निर्माण गरिने छ ।

७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]