Dabali News

मंगलसेनमा नेकपाको जनसभा, सामनाको प्रस्तुतीले सबैलाई लोभ्यायो

२२ पुस

अछाम । नेपाल कम्युनिस्ट पार्टीले सदरमुकाम मंगलसेनामा जनसभा आयोजना गरेको छ । संगठन सुदृढ तथा विस्तार अभियान संचालन गरेको नेकपाले आइतबार सांस्कृतिक कार्यक्रमसहित जनसभाको आयोजना गरेको हो ।

जनसभालाई नेकपाका सेती व्यूरो कार्यलय सचिव डबलबहादुर शाह डोटी जिल्ला इन्चार्ज शेरबहादुर देउवा, अछाम जिल्ला इन्चार्ज कमरेड शेरबहादुर विश्वकर्मा (दर्शन), दार्चुला जिल्ला इन्चार्ज रमेश नेपाली, अखिल नेपाल टेड्र महासङ्घका केन्द्रीय उपाध्यक्ष अनुकुल, अखिल नेपाल किसान सङ्घ क्रान्तिकारी पश्चिम कमान्ड इन्चार्ज काली शाहीले सम्बोधन गरेका थिए ।

अछामका पहिलो सहिद टंक बोगटीका छोरा युवराजलाई सभामा सम्मान गरिएको थियो ।

कार्यक्रमलाई प्रमुख समेत रहेका शाहले वर्तमान सरकारको नेतृत्व कम्युनिष्ट विचार र सिद्धान्त परित्याग गरिसकेको समूहले संचालन गरेकोले जनताका अपेक्षा पूरा नहुने दाबी गरे । दलाल सत्ताबाट जनताको जीवनमा कुनै परिवर्तन नल्याउने बताउँदै शाहले एकीकृत जनक्रान्तिको माध्यमबाट नयाँ व्यवस्था ल्याउने बताए ।

नेकपा अछामको जिल्ला सेक्रेटरी केबीको अध्यक्षतामा सम्पन्न भएको जनसभाको संचालन आरोही नेपाली गरेका थिए ।

जनसभामा सामना साँस्कृतिक परिवारले विभिन्न प्रस्तुती प्रस्तुत गरेका थिए । साँस्कृतिक कार्यक्रम हेर्न सर्वसाधारणको भीड लागेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]