Dabali News

वाइडबडी खरिदका भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारी सडकमा

२२ पुस

काठमाडौँ । अखिल क्रान्तिकारीले वाइडबडी विमान खरिदका भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै सडकमा निस्केको छ । ने

कपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिबी ढकालले वाइडबडी काण्डमा मन्त्री नै मुछिएको र उनलाई बचाउन सरकारले नै बचाउन लागेको बताए । उनले भ्रष्टलाई बचाउन लागेकोले सरकार नै भ्रष्ट भएको आरोप ढकालले लगाए ।

आइतबार काठमाडौँमा उक्त प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन समेत गरेको छ । प्रदर्शनको क्रममा विद्यार्थीहरुले पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दोषीलाई कारवाहीको लागि माग गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले वाइडबडी प्रकरणका दोषीलाई सरकारले कारवाही नगरे आफूहरुले सार्वजनिक रुपमै कारवाही गर्ने चेतावनी समेत दिएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]