Dabali News

नेकपामा प्रवेशको लहर, दाङमा पूरै कमिटी र कञ्चनपुरबाट दुई दर्जन नेता (नेकपा) छोडे

२२ पुस

धनगढी । नेपाल कम्युनिस्ट पार्टीमा प्रवेशको लहर चलेको छ । पश्चिम नेपालमा जारी संगठन सुदृढ तथा विस्तार अभियानको क्रममा पूर्वमाओवादी केन्द्र र एमालेका दर्जनौं नेता कार्यकर्ताले प्रवेश गरको छन् ।

दाङमा पूर्वएमाले र माकेको एकतापछि बनेको कमिटी नै विप्लवले नेतृत्व गरेको नेकपामा प्रवेश गरेको छ । दाङको डुरुवामा तत्कालीन माओवादी केन्द्रको सिङ्गो गाउँ समिति नेकपामा प्रवेश गरेको छ । गाउँ समितिका अध्यक्ष शिव सुवेदीको नेतृत्वमा रहेको १५ सदस्यीय पूरै कमिटी शनिबार प्रवेश गरेको हो ।

प्रवेश गर्दै अध्यक्ष सुवेदीले प्रचण्ले जनयुद्धको भावनालाई घात गरेर एमालेमा प्रवेश गरेकोले आफूहरु त्यहाँ जान नसक्ने बताए । तत्कालीन माओवादी केन्द्र ४ नम्बर क्षेत्रका वाइसीएल इन्चार्ज तुलसी चौधरी पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

त्यसैगरी कञ्‍चनपुरबाट पनि दुई दर्जन नेता-कार्यकर्ताले (नेकपा) परित्याग गरेका छन् ।

शनिबार जिल्लाको कृष्णपुर, वेलौरी, वेल्डाँडी क्षेत्रवाट पार्टी प्रवेश गर्नेहरुमा रमेश ओझा, जग्गु चौधरी, कमल साउँद, राम वि.क.,डील्ली राज अवस्थी, विद्धीराम चौधरी, झंक बहादुर बिक, दिपक साउँद लगायतका छन् ।

त्यस्तै भोज अवस्थी, नव बिक, वास्मती चौधरी, सुर्य अवस्थी, चटक नेपाली, हरीराम दमाई, अमिट नेपाली, मदन नेपाली, चक्र बाहदुर लुहार, हिरा देवि गुरुङ, अनिता डगौरा, शर्मिला डगौरा लगायतले नेकपा प्रवेश गरेका छन् । विगत लामो समय देखि क्रान्तिकारी राजनैतीक धुर्विकरण अभियान सन्चालन गरीरहेको नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरका ईन्चार्ज अग्निले एक कार्यक्रमकाबीच नवप्रवेशिहरुलाई स्वागत गरे ।

सोहि कार्यक्रममा बोल्दै उनले आमुल राजनैतीक परीवर्तनका लागि सम्पुर्ण देशभक्त राष्ट्रवादी आम श्रमजिवि जनता एक हुनु पर्नेमा जोड दिएका छन् । ‘एकीकृत जनक्रान्तिको बाटोमार्फत बर्गिय र राष्ट्रिय मुक्ति आन्दोलन सँगसँगै अगाडी बढाईरहेका छौं।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने- ‘महान शहीद भिमदत्तले झै जनताका दुश्मनहरुलाई जिउँदै वोरामा हालेर महाकालीमा हुर्याउने दिन धेरै टाढा छैनन्।’

यसअघि गत बुधबार मात्रै पनि जिल्लाको वेलौरी वेलडाँडी क्षेत्रमा पुर्वमाओवादी केन्द्र र पुर्वएमालेका जिल्ला र स्थानीय नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए।

जिल्लाभर व्यापकरुपमा ध्रुवीकरण र संगठन सुदृढीकरण अभियान सन्चालन भईरहेको बताउदै सेक्रेटरी परिवर्तनले अभियानले छिट्टै क्रान्तिकारी उभार ल्याउँनेविश्वास व्यक्त गरे।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]