Dabali News

आयो युद्धमोर्चाको ‘नेलेखिएका गाथा’

२१ पुष

काठमाडौं ।  जनयुद्धका एक कमाण्डर प्रदिप वालाचनद्वारा लिखित भिषण युद्धमोर्चाका संस्मरण संग्रह ‘नेलेखिएका गाथा’को सार्वजनिक भएको छ । शनिबार संवाद डबलीमा थेबा बुक्सले आयोजना गरेको कार्यक्रममा सो पुस्तक पूर्व सभामुख ओनसरी घर्तिले सार्बजनिक गरिन् ।
पुष्तक सार्बजनिक कार्यक्रममा प्रमुख अतिथि घर्तिले बोल्दै, लेखक वालाचन एक इमान्दार र प्रतिबद्ध युद्ध कमाण्डर भएको र उनले युद्धमा भएका सत्य भोगाईलाई जस्ताको तस्तै उतारेको बताइन् ।

घर्तिले दश वर्षे जनयुद्ध विस्वको क्रान्तिकारी आन्दोलनको इतिहासमा नितान्त नयाँ मोडल भएको र यसको योगदान भूल्न नहुनेमा जोड दिदै भनिन्,“हजारौं योद्धाहरुले गरेको बलिदानले यो अवस्था आएको छ, प्रदिप जी जस्तै बाँचेका योद्धाले भावि पुस्ताको लागि कलम चलाई राख्नु पर्छ ।”पुस्तकका लेखक प्रदिप वालाचन्ले आफूले कुनै विशेष साहित्यिक विदाका मूल्य र मान्यताहरुलाई ध्यान पु¥याएर लेखेको भन्दा पनि युद्धमा भएका अनुभूतिलाई संगालेको धारण ब्यक्त गरे ।

उनले अगाडी भने, “हिजो युद्धमा जे देखियो भोगियो त्यहि लेखियो, आन्दोलनमा आन्दोलनकारीले जेले भेट्यो त्यहिले हान्ने जस्तै गरि लेखेको छु ।” हिजोको सत्य इतिहास नमरोस,सुन्दर सपना बोकेर हिडेका सहिद तथा घाइतेका योगदान गुमनाम नहोस भनेर सो किताब लेखेको पनि बताए । साथै वालाचनले एक छुट्टै प्रसंगमा बहुपहिचान तथा मिश्रित संघियताको कुरालाई हटाएर भौगोलिक नामबाट प्रदेश नामाकरणको अभियान दुखद भएको धारणा पनि राखे ।

त्यस्तै संस्कृतिकर्मी तथा नेकपाका युवा नेता बलराम तिमल्सिनाले लेखक वालाचन असाध्यै मिलनसार र मेहनती व्यक्तिकारुपमा चिनेको धारणा व्यक्त गर्दै सो किताब भावि युवा पिँडिलाई उपयोगि हुने गरेर लेखेको पनि बताए । तिमल्सिनाले हिजो भन्दा आज राजनीतिक परिपाटी झन बिग्रेर गएको बताउँदै भने, “अहिले सुङ्गुरको खोरमा मुन्टो तल राखेर खुट्टा माथि राखेको अवस्था जस्तै भएको छ, त्यसको बारेमा पनि श्रष्ठाहरुले लेख्ने बेला आएको छ ।”

त्यस्तै, युवा नेता सरल सहयात्रीले पनि वालाचनको रचना जनयुद्धमा भएका वास्तविक घटनाको ऐना जस्तै अनुभव गरेको धारणा राखे । उनेले भने, “प्रदिप एकजना ज्यँुदो सहिद हो उहाँ जस्तै हजारौं सहिद छन् , जस्ले परिवर्तन हुनसक्छ भन्ने विस्वास लिएर युद्धमा निशर्त हाम फालेका थिए, कास त्यसो हुन सकेन, तर पनि यस कितबले हामीलाई क्रान्ति पुरा गर्न ब्युँझाइरहने छ, अरुले पनि पहल लिने प्रयास गर्नु पर्छ ।”

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]