Dabali News

अष्ट्रेलियामा छायांकन गरिएको विश्व र सुजाताको ‘कवि देवकोटा’ सार्वजनिक

२१ पुस

काठमाडौं । गायक विश्व नेपालको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘मीठो साह्रै मीठो…’ गीतको अपार सफलतापछि गायक विश्व नेपाली तथा द नेक्स्ट ग्रुप पुनः एकपटक नया“ गीतको भिडियो लिएर आएका हुन् । ‘कवि देवकोटा’ शीर्षकको उक्त गीतमा गायक नेपालीलाई गायीका सुजाता उपाध्यायले साथ दिएकी छन् । गीतकार एक नारायण भण्डारीद्वारा रचना गरिएको उत्तः गीतमा आशिष अविरलको संगीत निर्देश्ँन छ । अविरलले नै यो गीतलाई संगीत संयोजन गरेका हुन् ।

अष्ट्रेलियामा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई प्रदीप लामाले निर्देश्ँन गरेका हुन् । भिडियोमा द नेक्स्टका कलाकारका साथै गायक नेपालीले पनि अभिनय गरेका छन् । भिडियोमा प्रदीप लामा तथा सुजना पौडेलको कोरियोग्राफी छ ।

बिजया बानियाँ तथा योगेश कार्कीले भिडियोमा सहायक कोरियोग्रँफी गरेका छन् । सिरुजल इभर तथा ल्याक्स तामाङद्वारा छायांकन गरिएको भिडियोमा सिरुजल इभरको सम्पादन, भिएफएक्स तथा कलर करेक्सन छ ।

भिडियो

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]