Dabali News

कालोमोसोपछि वैद्यलाई कंसाकारको जवाफः यस्ता कार्यले समाज र राष्ट्र अराजकतातिर जान्छ

२१ पुस

काठमाडौँ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले शनिबार बिहानै एक ट्वीट गरेका छन् । क्रान्तिकारी माओवादी निकट युवाहरुले कालोमोसो दलेकोप्रति लक्षित गर्दै कंसाकारले ट्यिूट गरेका छन् । उनले संकेतिक भाषामा प्रष्ट भनेका छन् यस्ता कार्यले सम्बन्धित पार्टी, समाज र राष्ट्र नै अराजकतातिर जाने बताएका छन् ।

“… व्यवस्थापकीय सीप प्रयोग गरी मानिसलाई समान लक्ष र साझा मूल्यमान्यतामा वचनबद्ध गराउन सकेन भने कुनै पनि समूह, संस्था, दल, समाज र राष्ट्र अराजकतातिर उन्मुख भएर जाने प्रबल सम्भावना रहन्छ” कंसाकारले ट्वीट गर्दै भनेका छन् । उनको भनाईबाट प्रष्टै हुन्छ की आफ्नो वाइडबडी प्रकारणमा दोष छैन । उनले व्यवस्थापनशास्त्र मनुष्यसँग सम्बन्धित विधा भएको बताउँदै यो सामूहिक रूपमा कठिन र साहसिक कार्य गराउने कला भएको बताएका छन् । उनले आफूसँग साहसिक कार्य गर्ने कला भएको पनि बताएका छन् ।

महाप्रबन्धक कंसाकारले क्रान्तिकारी माओवादी नेतृत्वतिर संकेत गर्दै व्यवस्थापकीय सीप नभए मानिसलाई समान लक्ष र साझा मूल्यमान्यतामा वचनबद्ध गराउन नसके समूह, संस्था, दल, समाज र राष्ट्र अराजकतातिर उन्मुख भएर जाने प्रबल सम्भावना रहने दाबी समेत गरेका छन् । यो वाक्यमा उनले क्रान्तिकारी माओवादी नेतृत्वमा व्यवस्थापकीय सीप नभको समेत बताएका छन् ।

यस्तो कंसाकारको ट्वीट

व्यवस्थापनशास्त्र मनुष्यसँग सम्बन्धित विधा हो र यो सामूहिक रूपमा कठिनरसाहसिक कार्य गराउने कला हो । व्यवस्थापकीय सीप प्रयोग गरी मानिसलाई समान लक्ष र साझा मूल्यमान्यतामा वचनबद्ध गराउन सकेन भने कुनै पनि समूह, संस्था, दल, समाज र राष्ट्र अराजकतातिर उन्मुख भएर जाने प्रबल सम्भावना रहन्छ ।

यसैबीच कंसाकारले आफूले चन्दा नदिकोले दुव्र्यवहार गरेको बताएका छन् ।

वाइडबडी विमान प्रकरणको चौतर्फी विरोध हुन थालेपछि संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई पनि दोषी ठहर गर्दै कारवाहीको लागि सिफारिस गरेको छ । त्यसैगरी उपसमितिले निगम संचालक समितिका पूर्व र वर्तमान अध्यक्षसहित सदस्यहरुको सूची तयार गरेर कारवाहीको लागि सिफारिस गरेको छ ।

संसदीय समितिले कारवाहीको लागि सिफारिस गरेसँगै कंसाकारको सडकदेखि सदनमा विरोध भइरहेको छ । शुक्रबारको संसदमा बोल्दै सांसदहरुले कंसाकार ‘महाभ्रष्ट’ भएको भन्दै कारवाहीको माग गरेका छन् ।

यस्ता छन् कालोमोसो दल्नुका ६ कारण 

१. पर्यटन मन्त्रालय तथा नेपाल वायु सेवा निगम समेतको संलग्नतामा खरिद गरिएको दुईवटा वाइडबडी जहाज (ए ३३०–२००) को खरिद प्रक्रियामा राज्य स्रोत, साधनको चरम दुरुपयोग गरी ४ अर्ब ३५ करोडभन्दा बढी अनियमितता भएको र त्यसमा निगमका महाप्रबन्धक कंसकारको मुख्य भूमिका देखिएकोले उनीमाथि कारबाही गरिएको हो ।

२. यतिबेला नेपालमा एकातिर साम्राज्यवादी–विस्तारवादी विदेशी शक्तिकेन्द्रको निर्देशन र समर्थन प्राप्त दलाल प्रतिक्रियावादी शक्ति राज्यसत्ता सञ्चालनको केन्द्रमा छ भने अर्को्तिर लाखौं लाख उत्पीडित सर्वहारा मजदुर किसान जनताको समर्थन र बलिदानको बीचबाट हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा वर्तमान दलाल प्रतिक्रियावादी सत्ताको विरुद्धमा नयाँ जनवादी क्रान्तिको अभियानमा भीषण तयारी गर्दै अगाडि बढिरहेको छ ।

३. देशमा जनताले आजसम्म गरेको आन्दोलन, लडेको जनयुद्ध र त्यसको म्याण्डेट विपरीत हत्या, हिंसा, लुट, आतंक, बलात्कार जस्ता जघन्य सामाजिक अपराधका घटनाले स्वतन्त्रतापूर्वक बाँच्न पाउने आम जनताको न्याय प्रदत्त अधिकार विपरीत समाजको शान्ति सुरक्षाको स्थिति थिलथिलो भएको छ भने राष्ट्रघात, जनघात र संस्थागत भ्रष्टाचारले सीमा नाघेको छ । जसको पछिल्लो कडीको रुपमा वाइडबडी जहाज खरिद प्रकरणलाई जोड्न सकिन्छ ।

४. वाइडबडी जहाज खरिद प्रकरणमा जहाजको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौंट, जहाज खरिद प्रक्रिया, खरिद बिक्री सम्झौता र भुक्तानी प्रक्रियामा ४ अर्ब ३५ करोडभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले मंगलबार मात्र प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा वर्तमान पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र नारायण देवसहित पूर्व सचिव, वहालवाल सचिव र विभिन्न कर्मचारीको नाम सार्वजनिक गरेको छ । यसमा नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसकारको मुख्य भूमिका रहेको पनि तथ्यहरुले पुष्टि गरेको छ ।

५. यस पृष्ठभूमिमा भ्रष्ट मन्त्री र कर्मचारीहरुलाई जिम्मेवारीबाट बर्खास्त गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनु पर्नेमा सरकारले यही १८ गते पूर्व प्रधानन्यायाधिश गोविन्द पराजुलीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । सरकारको यो कदम भ्रष्ट मन्त्री र कर्मचारीलाई चोख्याउन गरिएको बद्नियतपूर्ण कार्य हो ।

६. अन्तमा, हाम्रो संगठन देशभित्र र बाहिर छरिएर रहेका आम शोषित पीडित युवाहरुलाई क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचार, तस्कर, माफियाहरुका विरुद्ध थालेको यो अभियानमा लामबद्ध हुन हार्दिक आव्हान समेत गर्दछ ।”

वैद्यको निर्देशनमा सुगतरत्नमाथि कालोमोसो, मन्त्री अधिकारी, र पूर्वमन्त्री पनि सूचीमा

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]