Dabali News

जनप्रतिनिधिको दारु-मासु पाटीबाट सल्केको आगोले खाँडाबस्ती खरानी भएको खुलासा

२१ पुस

काठमाडौँ । पुस ८ गते राति कालिकोटको पलाता गाउँपालिकाको खाँडाको एक बस्ती खरानी हुनुको कारण खुलेको छ । स्थानीय जनप्रतिनिधिको रक्सी पाटीका कारण आगलागी भएको प्रहरीको अनुसन्धान पत्ता लगाएको हो ।

कालिकोट प्रहरीका अनुसार गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपाने, वडाध्यक्ष मानबहादुर भण्डारीले पनि गलत सूचना फैलाएको पुष्टि भएको छ ।

त्यसैगरी लगत सूचना दिने इलाका प्रहरी कार्यालय थिर्पुमा कार्यरत प्रहरी हवलदार यज्ञबहादुर खड्कालाई निलम्वन गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी बिनोद शर्माले संचारमाध्यमहरुलाई जानकारी दिएका छन् । उनले दारु पाटीका चुनोटको ठुटाबाट आगो सल्केको भन्दै उक्त पाटीमा संलग्न जनप्रतिनिधिसहित सरकारी कर्मचारीको पहिचान खुलेको बताए ।

घटनाको विस्तृत विवरण केही दिनमै सार्वजनिक गर्ने डीएसपी शर्माले संचारमाध्यमहरुसँग बताएका छन् । उक्त दारु पाटी जनप्रतिनिधि र सरकारी कर्मचारीहरुकै नेतृत्वमा भएको कालिकोट प्रहरीले दाबी गरेको छ ।

जनप्रतिनिधिको अगुवाई भएको दारु पाटी चलिरहेकै अवस्थामा आगलागी भएको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]