Dabali News

प्रहरीको समाचार लेखेकै कारण बझाङका पत्रकार बिक गिरफ्तार

१९ पुस

बझाङ । पत्रकार गणेश बिकलाई प्रहरीले पक्राउ गरेको छ । बझाङको सदरमुकाम चैनपुरबाट प्रहरीले विहीबार बिकलाई समाचारको विषयलाई लिएर गिरफ्तार गरेको हो ।

साईपाल डटकमका संचालक तथा  सम्पादक समेत रहेका बिकले ‘बझाङमा घुमुवा प्रहरीको मिलापत्रमा लागु औषध चरेश विक्री वितरण’ शिर्षकमा समाचार लेखेका थिए ।

यस्तो थियो बिकले लेखेको  समाचारः

बझाङमा पछील्लो समयमा जिल्लाको सदरमुकाम चैनपुरमा प्रहरीकै मिलोमतोमा लागु औषध चरेश विक्री वितरण गरेको छ ।

प्रहरीकै मिलोमतोमा प्रत्यक्ष रुपमा लागुऔषध चरेस बिक्री बितरण गरेको सूचनाहरु बाहिर आउँदा पनि जिल्ला प्रहरी कार्यालय बझाङ र यससँग समन्धीत सरोकारवाला निकायहरु मौन बनेका छन् ।

जिल्लाकै अति संवेदनशील मानिने सदरमुकाम चैनपुरको धेरै जसो स्थानमा रहेका लागुऔषध चरेस बिक्री बितरण गर्ने अखडाहरुमा दैनिकी रुपमा करौडौंको चरेस बिक्री वितरण गरेको तथ्य बाहिर आएको छ । प्रहरीको प्रत्यक्ष संग्लनबाट बझाङको बसपार्क, सिमखेत, चैनपुर, गोलाई, पडेस, प्रहरीकै सङ्लग्नतामा लागु औषधचरेस बिक्री बितरण सूचनाहरु बाहिर आएको छ ।

जिल्लामा भैरहने अपराध अनुसन्धानमा खटीने धुमुवा प्रहरी र डिउटीमा खटिने प्रहरी अपराधविरुध खटिनुको सााटो लागु औषध चरेस बिक्री वितरण सुरक्षामा पछि लागिरहेको सदरमुकाम चैनपुरका स्थानियवासीहरु बताउँछन् । ‘म नेपाल प्रहरीको क्षेत्रीय घुमुवा प्रहरी हुँ’ भन्दै लागुऔषध चरेस विक्री वितरण गर्ने व्यक्तिबाट पैसा असुली गरेको एक गोप्य स्रोतले जानकारी दिएको छ ।

सदरमुकाम चैनपुरमा प्रहरीको लापरवाहिका कारण दिनानु चोरीका घटाना घटिरहेका छन् । केही अघिमात्रै दिउँसै अभि भनिनेको बोहराको कानमा लगाएको मुन्द्रा चोरी भएको थियो । त्यस लगत्तै सदरमुकाम चैनपुरकै मेन चैराहमा रहेको चन्द्र मोवाईल ग्यालरीमा चोरी हुदा लाखौ रुपयौ चोरी गर्नुका साथै मोवाईल ग्यालरीमा रहेका मोवाईल ल्याप्टप रुपैयाँ चोरी भएको थियो ।

बझाङमा घुमुवा प्रहरीको मिलापत्रमा लागु औषध चरेश विक्री वितरण

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]