Dabali News

टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीले आज लिँदै

१९ पुस

काठमाडौं । रशेम चौधरीले आज संघीय सांसदको सपथ लिने भएका छन् । टीकापुर घटनाका मुख्य अभियुक्त आरोपमा पुर्पक्षाको लागि डिल्लीबजारस्थित जेलमा रहेका चौधरीले विहीबार ११ बजे संसद सचिवालयमा सपथ खुवाउने तयारी भइरहेको छ ।

संसद सचिवालका अनुसार सभामुख कृष्णबहादुर महराले चौधरीलाई संसद् भवनमा पद तथा गोपनीयताको सपथ खुवाउने भएका छन् ।
चौधरी राजपाबाट गत निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले एमाले–माके गठबन्धनलाई २१ हजार मतको अन्तरले पराजित गरको थिए । चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित भएका थिए ।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा घटेका घटनाको मुख्य दोषीको आरोप खेप्दै आएका चौधरी केही समय फरार भएका थिए । चौधरी तर, पछि आफै सम्पर्कमा आएर गिरफ्तारी दिएका थिए । कैलाली घटनाका मुख्य आरोपीको अारोप लागेका वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।

राजपाले चौधरीलाई सपथ नखुवाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ । निर्वाचित भएको एक वर्षपछि चौधरीले बल्ल संसद भवन पुगेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]