Dabali News

वाइडबडी विमान प्रकारणः पर्यटनमन्त्री रविन्द्र अधिकारी राजिनामाको तयारीमा !

१९ पुस

काठमाडौं । लाउडापछि वाइडबडी विमान प्रकरण यतिबेला चर्चाको शिखरमा छ । संसदको सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ । त्यसमा दुई पूर्वमन्त्रीसहित बहालवाला मन्त्री रविन्द्र अधिकारीलाई कारवाहीको सिफारिस गरेको छ ।

समितिले विमान खरिद प्रकरणमा मन्त्री अधिकारीसँगै पूर्व पर्यटनमन्त्रीद्वय जितेन्द्र नारायण देव र जीवनबहादुर शाही पनि दोषि रहेको भन्दै पनि कारबाही सिफारिसमा परेका छन् । पूर्वमन्त्री र कर्मचारीलाई कारवाहीको भन्दा मन्त्री अधिकारीको सिफारिस बढी चर्चामा छ । अब उने गर्छन् भन्ने प्रश्न सबैको मनमा छ । यसअघि मन्त्री अधिकारीले आफू दोषि ठहर भएर राजनीतिबाटै सन्यास लिने बताइसकेका थिए ।

महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रिया कानुनसम्मत नभएको प्रष्ट उल्लेख हुँदाहुँदै मन्त्री अधिकारीले छानविन नगरी जानीजानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै आफ्नो कार्यकालमा भुक्तानी नदिएको र अध्ययन गर्छु भनेर औपचारिकतामा मात्र कार्यदल बनाएको, महालेखाको परामर्श लिएर रकम भुक्तानी दिएको भनेर ढाँटेको पनि अधिकारीलाई उपसमितिले बताएको छ ।

“रकम भुक्तानी गर्न बदनीयतपूर्वक मिलेमतो गरेको देखिँदा मन्त्रीले जिम्मेवारीबाट पन्छिन नमिल्ने देखिँदा प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्दछ” उपममितिको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक लेखा समिति अन्तर्गत राजन केसीको संयोजकत्वमा गठन गरिएको उपसमितिले यो प्रतिवेदनमाथि औपचारिक रुपमा छलफल भने भएको छैन । लेख समितिको नेतृत्व पनि प्रतिपक्षकै भएकोले पनि अधिकारीलाई नजोगाउने अनुमान गरिएको छ । मन्त्री अधिकारीले यसअघि बोलेका कुराले पनि उनलाई कमजोर बनाएको छ । प्रतिवेदनमाथि औपचारिक रुपमा छलफल हुनेअघि नै राजिनामा दिएर छानविनलाई सजिलो बनाउन (नेकपा)का नेताहरुले अधिकारीलाई सुझाव दिन थालेका छन् । उनी निटक स्रोतका अनुसार राजिनामाबारे मन्त्री अधिकारीले पनि अनौपचारिक रुपमा छलफल सुरु गरेका छन् । आफ्नो हिजोको साख जोगाउन र बोलेका कुराप्रति प्रतिवद्ध भएर मन्त्री अधिकारी राजिनामा तयारी दिने मनस्थितिमा पुगेको बताइएको छ । उनले प्रारम्भीक प्रतिक्रिया दिएका छन् । त्यस्तो प्रतिवेदन अाउला भन्ने अाफूलाई नलागेको मन्त्री अधिकारीले बताएका छन् ।

सोही काण्डमा उपसमितिले नेपाल एयरलाइन्सका महानिर्देशक सुगतरत्न कंसाकारसहित गृह सचिव प्रेम राई, शंकर अधिकारी र कृष्ण देवकोटालाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन पनि सिफारिस गरेको छ ।

विमान खरिदका विभिन्न चरण र प्रक्रियामा ती पदाधिकारीको संलग्नता रहेको आरोप उपसमितिद्वारा तयार गरिएको प्रतिवेदनमा उल्लेख छ। ‘विमान खरिदका लागि गठित अध्ययन उपसमिति, लागत मूल्य र बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीहरु दोषी रहेकाले उनीहरुलाई तत्काल निलम्बन गरी थप अनुसन्धान गर्न निर्देशन दिने” प्रतिवेदनमा उल्लेख छ । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिनुपर्ने निर्देशनमा निष्कर्ष पनि समितिले निकालेको छ ।

उपसमितिले कारवाहीको सिफारिस गरेको अन्य कर्मचारुहरु

टेकराज आचार्य

बुद्धिसागर लामिछाने

निमानुरु शेर्पा

मुक्तिराम पाण्डे

सुगतरत्न कंसाकार

प्रेमकुमार राई

शंकरप्रसाद अधिकारी

शिशिरकुमार ढुंगाना

महेश्वर न्यौपाने

सूर्यप्रसाद आचार्य

जिवनप्रकाश सिटौला

अच्युतराज पहाडी

सुरेश आचार्य

कृष्णप्रसाद देवकोटा

रमेशबहादुर शाह

रामहरी शर्मा

अच्युतराज पहाडी

पारस पौडेल

प्रभाषकुमार कर्माचार्य

जनकराज कालाखेती

श्रवण रिजाल

पुष्पलाल पोते

बृहतमान तुलाधर

गणेशबहादुर चन्द

रविन्द्रबहादुर शेरचन

कर्णबहादुर थापा

रवीन्द्र श्रेष्ठ

उपेन्द्र पौडेल

उमेश पौडेल

युवराज अधिकारी

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]