Dabali News

डा. केसी अनसनको तयारीमा, भन्छन्-यसपटक इलामबाट लड्छु

१८ पुस

काठमाडौं । डा. गोविन्द केसी अनसनको तयारीमा छन् । अनसनको लागि केसी इलाम पुगेका छन् । चिकित्सा क्षेत्रको सुधारको लागि अनसन बस्दै आएका केसीको यो १६ औं अनसन हुनेछ ।

यसअघि सरकारसँग सहमति भएका माग पूरा नभएको भन्दै केसीले अनसनको तयारीमा जुटेका हुन् । उनले माग पूरा गर्न

मंगलबारसम्मको अल्टिमेटम दिएका थिए । अन्तिम दिनसम्म पनि माग पूरा हुने कुनै संकेत नदेखिएको भन्दै डा. केसी इलाम पुगेका छन् ।
सहयोगी अभिषेकराज सिंहका अल्टिमेटमको अन्तिम दिन मंगलबार भयकाले डा. केसी पुर्बी नेपालको इलाम पुगि सकेका छन् । यसपटकको लडाइँ इलामबाट लड्ने केसीले बताएका छन् ।

केसीले १६ औं अनसनका लागि सरकारसँग ३ बुँदे माग राखेका छन् ।

यस्ता छन् मागहरु

१. १५ औं अनसन गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग गरेका छन् । उनले आफूसँग भएको सम्झौता बमोजिम अक्षरस संशोधन गरेर संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्न माग गरेका छन् । सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीले माग गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्नुपर्ने ।

२. मागमा केसीले निर्मला पन्तको बलाकार बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् । त्यस्तै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउनु पर्ने ।

३. बुँदामा केसीले सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्ने ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]