Dabali News

को हुन् कादर खान ?

१७ पुस

काठमाडौं । चर्चित बलिउड अभिनेता कादर खानको ८१ वर्षको उमेरमा क्यानडामा निधन भएको छ ।

श्वासप्रश्वासको समस्याबाट पीडित उनको केही समयदेखी क्यानडामा उपचार भइरहेको थियो । क्यानेडियन समय अनुसार बेलुकी ६ बजे खानको उपचारकै क्रममा अस्पतालमा निधन भएको खानका छोरा सर्फराजले बताएका छन् ।

विगत १७ हप्तादेखी क्यानडामा उपचार गराईरहेका उनको अन्तिम संस्कार क्यानाडामै गरिने सर्फराजले जनाएका छन् । अभिनेता खानका सम्पूर्ण परिवार क्यानाडामै रहेकाले उनको अन्तिम संस्कार पनि त्यहीँ गरिने बताइएको छ ।

साथै अभिनेता खानका सुपुत्र सर्फराजले पिताको स्वास्थ्य लाभको कामना गरी प्रार्थना गर्ने सम्पूर्ण शुभचिन्तक प्रती धन्यवाद व्यक्त गरेका छन् ।

सन् १९८०-९० को दशकमा चर्चाको शिखरमा रहेका उनलाई विगत केही वर्षयता श्वास फेर्न, हिडडुल गर्नसमेत निक्कै गाह्रो भएको थियो । अफगानिस्तानको कावुलमा जन्मिएका अभिनेताले राजेश खन्नाको दाग चलचित्रवाट डेव्यु गरेका थिए ।

उनले ३०० भन्दा बढि चलचित्रमा अभिनय गरेका छन् । २५० भन्दा बढि चलचित्रको लागि संवादसमेत लेखेका छन् । अभिनयमा आउन पूर्व खानले रनदिर कपूर-जया बच्चनको जवानी दिवानीको लागि संवाद लेखेका थिए ।

यसका साथै उनले लगातार मनमोहन देसाई र प्रकाश मिश्रसँग मिलेर स्कृन राईटरको हैसियतले काम गरेका थिए । धर्मबीर, गंगा जमूना स्वरस्वती, कूली, देश प्रेम, सुहाग, पर्भसि, र अमर अकबर चलचित्र मनमोहन मिश्रसँगै गरेका थिए ।

त्यस्तै ज्वालामुखी, सराबी, लावारिस, मुकन्दरका सिकन्दर लगायतका चलचित्रमा प्रकाश मिश्रसँग काम गरेका थिए । चलचित्रमा विभिन्न किसमको भूमिकामा देखा पर्ने उनी बलिउडमा निक्कै रुचाईएका अभिनेता थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]