Dabali News

सुदुर पश्चिम प्रदेशका ४ वटा नगरमा फोहोर व्यवस्थापनका लागि जग्गा छनोटको काम सकिदै

१७ पुस

कैलाली । धनगढी उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्नका लागि जग्गाको टुङ्गो लगाउन अन्तिम चरणमा पुगेको छ ।

उपमहानगरले पहिले नै फोहोर व्यवस्थापनका लागि जग्गाको टुङ्गो लगाए पनि बीचमा विवाद बढेको थियो । धनगढी उपमहानगरपालिकामा एसियाली विकास बैंकको करिव ३ करोड लगानी रहेको छ ।

सुदूरपश्चिम प्रदेशका ४ वटा नगरपालिकामा लागु भएको क्षेत्रिय शहरी विकास आयोजनाले काममा तिब्रता पाएता पनि जनताले सोचे जस्ता प्रफिल नपाएको नगरवासीहरुको गुनासो रहेको छ ।

यो आयोजना भिमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका गोदावरी नगरपालिका र धनगढी उपमहानगर क्षेत्रिय शहरी विकास आयोजनाले सम्झौता लागु भएको करिव एक वर्ष पुगेको छ ।

क्षेत्रीय सहरी विकास आयोजनाले पुर्वाधार विकास निर्माण कार्य मात्र गर्ने छ । एक मात्र उपमहानगर रहेको धनगढीले फोहोर व्यवस्थापनका लागि जग्गाको टुङ्गो २ हप्ता भित्रै लाग्ने ईन्जीजियर दिजराज भट्टले बताए ।

उनका अनुसार फोहर व्यवस्थानका लागि वर्डा नं. १ मा टुङ्गो लगाएको थियो तर फोहोर व्यवस्थापन केन्द्रका लागि जग्गाको टुङ्गो पहिले नै लगाए पनि पछि वडा एकका स्थानीय जनताहरुले विरोध गरेका थिए ।

हामीहरु निन्तररुपमा वडाबासीहरुसंग छलफल गरेका छौं र सहमतिमा वडा वासीहरु सहमतिमा आएको उनले बताए । सडक लगायत अन्य पूर्वाधारमा लगानी गर्ने एडिबीले फोहोर व्यवस्थापन केन्द्रका लागि स्थान छनोट पहिलो सर्तका रुपमा अगाडि सारेको थियो ।

फोहोर व्यवस्थापन केन्द्रमा एकीकृत प्रणालीमार्फत फोहोर व्यवस्थापन गरिने बताइएको छ । शुद्ध खानेपानी लगायतका कार्यमा उक्त परियोजनाले काम गर्ने ईन्जीनियर भट्टले बताए ।
त्यसैगरी अनुदानमा गोदावरी नगरपालिकामा झण्डै १ अर्ब ४ करोडको लगानी रहेको छ ।

क्षेत्रीय सहरी विकास कार्यक्रम सञ्चालन हुने शुक्लाफाँटा नगरपालिका, भिमदत्त नगरपालिकामा पनि फोहोरमैला व्यवस्थापनका लागि जग्गा छनोटको प्रक्रिया सकि सकेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]