Dabali News

आज मेलबर्न स्टार्सले चौथो खेल खेल्ने

१७ पुस

काठमाडौं । अष्ट्रेलियाको बिग बास क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले आज चौथो खेल खेल्ने छ ।

यसअघिका तिनमध्ये एक खेल मात्रै जितेको मेलबर्न स्टार्सले आज आफ्नै राज्यको प्रतिद्धन्दी मेलबर्न रेनेगेड्स विरुद्ध खेल्न लागेको हो ।

यो खेल नेपाली समयअनुसार दिउँसो २ बजे मेलवर्नमा शुरु हुनेछ । प्रतियोगितामा नेपालका लेग स्पिनर सन्दिपले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

तिन खेलमा ७ विकेट लिएका सन्दिप सर्वाधिक विकेट लिने खेलाडीहरुको सुचीमा चौथो स्थानमा छन् । सिड्नी सिक्सर्सका स्टिभ ओकिफ ९ विकेटसहित शिर्ष स्थानमा छन् ।

आजको खेलमा विजयी भए सन्दिपको टोली मेलबर्न स्टार्सको सुपुर फोरमा पुग्ने सम्भावना वलियो बन्नेछ । मेलवर्न स्टार्स २ अंकसहित छैटौं स्थानमा रहँदा मेलवर्न रेनेगेड्स भने ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]