Dabali News

मिस ईकलेज २०१८ को उपाधी काजल तामाङलाई

६ फागुन

काठमाडौँ । व्रिटीस कलेजमा अध्यायनरत २० वर्षीय काजल तामाङले शीर्ष ताज चुम्न सफल भएकी छिन् ।

सिजन मिडियाले राजधानीको अक्षरा स्कुल काडाघारीमा आयोजना गरेको मिस ईकलेज २०१८ की विजेता तामाङलाई २०१५ की विजेता नितिका कर्मचार्यले ताज लगाई दिएकी थिइन् ।

उनले विधागत तर्फको मिस पर्सनालीटीको टाइटल अवार्ड पनि आफ्नो पोल्टामा पारेकी छिन् ।

१ लाख ८० हजार पर्ने स्कुटर, ५ दिनको वैङकक भ्रमण, लेटमिइनको तर्फवाट २० हजारको गिफ्ट भौचर,नेपाल एयरहोस्टेस एकाडमीको तर्फवाट ३५ हजारको छात्रावृति प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा सोफीया श्रेष्ठ फष्ट रनरअप र विधागत तर्फ अर्गनाइजर च्वाइस अवार्ड र वेस्ट क्रियटीभिटी अवार्ड पनि हात पारिन भने आस्मी गौतम सेकेण्ड रनरअप भइन् ।

फस्ट रनरअप र सेकेन्ड रनरअपले डोगी स्माट फोन र ५ दिने थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गरेका छन् ।

अपेक्षा ढुङगाना थर्ड रनरअप साथै मिस क्याटवाकको उपाधी र अलिसा श्रेष्ठ फोर्थ रनरअप भए संगै मस्ट ट्यालेन्ट र भिर्योस अवार्ड पनि हात पारेका छन् ।

विधागततर्फ सकिना खड्का मिस पपुलर रविना लामिछाने मिस फेन्डसिप, सविता लामा मिस फोटोजेनिक, उर्मीला गोले मिस हेल्दी स्माइल, मनिसा वराइली मिस डिसिप्लिन, कसक प्रधान बेष्ट हेयर घोषित भएका हुन् ।

पासाङ लामु सेर्पा मिस फिटनेश, सोनिया श्रेष्ठ वेष्ट फिगर, करुना गुरुङ वेष्ट स्कीन, रोजीना केसी मिस स्टाइलीस, आसा लिम्वु फेशवुक लाइक अवार्ड, पेमा लामा युट्युव मल्टी मिडिया अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।

लोक गायक तथा मोडल दिनेश थापाको सङगीतिक प्रस्तुती अनु वुढा मगरको नृत्यले कार्यक्रमलाई अझ रोमाञ्चीत बनाएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]