Dabali News

मध्यमर्सयाङ्दी आयोजना १० दिनका लागि बन्द हुँदै

६ फागुन

काठमाडौँ । ७० मेगावाट जडित क्षमताको मध्यमर्सयाङ्दी जलविद्युत केन्द्र मर्मतका लागि ७-१० दिनसम्म बन्द हुने भएको छ ।

बाँधको बायाँ तर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मतका लागि १० फागुनबाट बन्द गर्न लागिएको बताइएको छ ।

विद्युत उत्पादन बन्द भए पनि आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

कथंकदाचित प्रणालीमा कुनै समस्या आएमा विद्युत आपूर्ति कहीँ कतै कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले प्रष्ट पारेका छन् ।

लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरेको बताए ।

कुलेखानी जलाशयमा पानीको सतह १५२१.९८.मिटर छ, जुन गतवर्षको अवधिको तुलनामा करिव ३ं.८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत उत्पादन हुन्छ ।

यस वर्ष पनि गरिएन भने थप क्षतिपुग्ने देखिएपछि ७ दिनभित्र मर्मत सक्ने गरी एलडीसीबाट सट डाउन पाएकोले २४ सै घण्टा ३ सिफ्टमा काम सञ्चालन हुने बताइएको छ ।

केन्द्रबाट विद्युतको माग बढी हुने साँझ र विहान पिकआवरमा ७० मेगावाट र अन्य समयमा करिव ३० मेगावाट विद्युत उत्पादन हुन्छ । मध्यमस्र्याङदी अर्धजलाशययुक्त आयोजना हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]