Dabali News

पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सव हुने

१६ पुस

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, विराटनगरको २५ औँ वार्षिकोत्सव एवं रजत महोत्सव यही पुस १९ गते हुने भएको छ ।

सो दिन विश्वविद्यालय स्थापना एवं सञ्चालनमा सहयोग पुर्याउने महानुभाव तथा विश्वविद्यालयमा दीर्घसेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई सम्मान, रजत महोत्सव स्मारिकाको विमोचन, रजत महोत्सव स्तम्भ तथा माता सरस्वतीको मन्दिर उदद्दाटन लगायतमा कार्यक्रम तय भएको उपकुलपति प्रा.डा.घनश्यामलाल दासले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सरकारले ८०५ बिघा वन क्षेत्रको जग्गा उपलब्ध गराएको विश्वविद्यालयमा गोठ गाउँ परिसरको समग्र शैक्षिक एवं प्राज्ञिक विकासलाई लक्ष्य गरी एमबिबिएस शैक्षिक कार्यक्रमको सञ्चालनलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

आङ्गिक क्याम्पसको विकास गर्दै लैजाने लक्ष्य राखी ९ आङ्गिक क्याम्पसको विकास एवं सम्वद्र्धनमा विश्वविद्यालय अग्रसर रहेको छ । एक सय २१ सम्बन्धन प्राप्त सम्पूर्ण क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]