Dabali News

प्रहरीले साइबर क्राइमबारे विद्यार्थीलाई सचेत गराउँदै

१६ पुस

काठमाडौं । जिल्ला प्रहरी कार्यालय महोत्तरीले विद्यार्थीलाई ‘साइबर क्राइम’ का विषयमा सचेत गराउन थालेको छ ।

प्रहरीले आइतबार जलेश्वर नगरपालिका-१२ स्थित सरस्वती मावि, थरुवाहीका विद्यार्थीलाई ‘साइबर क्राइम’ का विषयमा सचेत गराएको हो ।

जिल्लामा ‘साइबर क्राइम’ सम्बन्धी मुद्दा बढेको र यसमा किशोर-किशोरी र युवायुवती संलग्न देखिएकाले सचेतना गराउन कार्यक्रम शुरु गरेको जिल्ला प्रहरी कार्यालयले महोत्तरीले जनाएको छ ।

जिप्रकाअन्तर्गतकै समुदाय-प्रहरी साझेदारी शाखाको आयोजनामा जिल्लाभरि सचेतनामूलक कार्यक्रम गर्ने योजनाअनुरूप प्रत्येक विद्यालयमा पुगेर कक्षा लिन शुरु गरेको एसपी कार्कीले बताए ।

अहिले जलेश्वर, मटिहानी नगरपालिका र पिपरा गाउँपालिकास्थित विभिन्न विद्यालयमा नियमित कक्षा लिन थालिएको छ ।

कक्षामा सामाजिक सञ्जालमा नचिनेको व्यक्तिलाई साथी नबनाउन, जतिसुकै चिनेको वा आफन्तलाईसमेत ‘पासवर्ड’ नदिन, निजी गोपनीयता वा फोटोहरू साझा नगर्न र समय-समयमा पासवर्ड परिवर्तन गर्न सचेत गराउने गरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]